
भद्रपुर २३, असार / रोटरी क्लब अफ भद्रपुर र त्यसैको भातृ संगठन रोट्रयाक्ट क्लब भद्रपुरको वर्ष २०२५/०२६ का पदाधिकारी-सदस्यको पदस्थापन भएको छ
स्थानीय एअरपोर्ट होटलमा रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
वर्ष २०२४/०२५ का प्रेसिडेन्ट सन्जयराज पोखरेल नेतृत्वको टीमलाई धनजुजु श्रेष्ठ नेतृत्वको टीमले प्रतिस्थापन गरेको हो भने रोट्रयाक्टमा रोहित महतोको टीमले रौनक महतोको टीमलाई प्रतिस्थापन गर्दै एक विशेष कार्यक्रमका बीच पदस्थापन गरिएको हो ।
नवनिर्वाचित प्रेसिडेन्ट श्रेष्ठको अध्यक्षतामा भएको पदस्थापन समारोहमा प्रमुख अतिथि कोइराला, भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी र रोटरी क्लवकी एजी निकिता गिरीले शुभकामना मन्तव्य राख्नु भएको थियो।
प्रेसिडेन्ट श्रेष्ठ र महतोले प्रतिवद्धता मन्तव्य, चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले स्वागत मन्तव्य, पूर्व प्रेसिडेन्ट भेषराज ढकालले टोस्ट प्रस्ताव र उज्ज्वल श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन नरेश पराजुली र आरोग्य तिम्सिनाले गर्नु भएको थियो।सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलाई मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो।

रोटरी क्यालेन्डर अनुसार, जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने प्रावधान छ।
सामाजिक क्रियाकलापमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबमा तीन वर्ष अगाडि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयन हुने प्रावधान छ । सोही व्यवस्था अनुसार श्रेष्ठ आगामी एक वर्षका लागि प्रेसिडेन्ट चयन हुनुभएको हो।
वर्ष एक सन् २०२५-२६ का लागि भद्रपुर रोटरीको अन्य पदमा क्रमशः आइपीपी. संजयराज पोखरेल, सचिवमा नरेश पराजुली, प्रेसिडेन्ट इलेक्टमा उज्ज्वल श्रेष्ठ, ट्रेजररमा पवनकुमार श्रेष्ठ र सरजेन्ट अफ आर्म्समा निरज पराजुली चयन हुनुभएको छ।
यसैगरी चेयर डाइरेक्टरहरूमा क्रमशः दिपेश ढकाल, राजकुमार पोखरेल, टीकाराज ढकाल, आदित्य पराजुली र विगत ओझालाई चयन गरिएको छभने सम्पूर्ण पास्ट प्रेसिडेन्टहरू सल्लाहकार रहनु भएको प्रेसिडेन्ट श्रेष्ठले जानकारी दिनुभयो ।
Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post