
भद्रपुर ३,असार / झापा भद्रपुरको मेची रंगशालालाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे छ करोड रुपैयाँ विनियोजन गरेको छ ।
झापामा सरकारी स्वमित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालाको प्यारापिट निर्माण तथा फ्लड लाइट जडानका लागि सो बजेट विनियोजन भएको हो ।
आर्थिक वर्ष २०८२/२०८३ को संघीय सरकारको बजेट, नीति तथा कार्यक्रममा रंगशालाको प्यारापिट निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार,सङ्घीय सरकारले ३ करोड विनियोजन गरेको छभने कोशी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
‘ संघको बजेटबाट रंगशालामा प्यारापिट निर्माण गरिने छ ‘- भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले भन्नुभयो -” व्यवस्थित रंगशालाका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको छ।”
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीका अनुसार सिँचाइ, खानेपानी तथा ऊर्जा मन्त्रालयमार्फत विनियोजन भएको प्रदेशको बजेटमार्फत रंगशालामा फ्लड लाइट जडान गरिनेछ। उहाँले भन्नुभयो-‘ खेलकुदको लगानीले समग्र विकासको द्वार खोल्छ।’ खेलबाट शिक्षा,स्वास्थ्य, पर्यटन, व्यापार व्यवसाय मात्र होइन युवाहरूमा अनुशासन, नैतिकता र सामुहिक भावनाको विकासले मानिस सफल र सकारात्मक बन्ने भण्डारीको जिकिर छ।
२०६२ सालदेखि २०७९ सालसम्म विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाहेक अन्य खेलकुद गतिविधि नहुने रंगशालामा २०७९ मा भद्रपुर झापा गोल्डकप भएपछि प्यारापिट र फ्लड लाइट जडानको माग उठेको उहाँको भनाइ छ । खेलकुद विकास समितिको समन्वय र गोल्डकप समितिको अगुवाईमा माग गरिएको बजेट प्राप्त हुँदा खेलाडी र खेलप्रेमीहरूमा उत्साह छाएको छ ।
Altunizade su kaçak tespiti Fatih’teki ofisimizdeki su kaçağını hemen tespit ettiler ve onardılar. Harika bir hizmet. https://netglu.com/read-blog/11921
Zeytinburnu su kaçak tespiti Çatalca su kaçağı tespiti: Çatalca’da su kaçakları için güvenilir çözüm. http://woorichat.com/read-blog/41060