
भद्रपुर २६ माघ / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ ले एक दिने नेतृत्व क्षमता विकास प्रशिक्षण सम्पन्न गरेको छ ।
नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ का प्रधानअध्यापक बद्री कार्कीले सहजीकरण गरेको प्रशिक्षणमा सहकारीका सदस्यहरूलाई सहकारीमा नेतृत्व क्षमता विकास तालिम दिइएको हो ।
सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा प्रशिक्षक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै विभूति विद्या मन्दिर चन्द्रगढीका प्रिन्सिपल गोविन्द लम्साल लगायत भद्रपुर माविका चैतन्य खरेल र धुलावारी माविका शीला खवास ले तालिम फलदायी बन्ने विश्वास व्यक्त गरेका थिए ।

सहकारीकी उपाध्यक्ष धनकुमारी खरेल लताले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम अधिकारीले गर्नुभएको थियो।तालिममा ६५ जनाको सहभागिता रहेको उपाध्यक्ष खरेलले जानकारी दिनुभयो।
Hey! I know this is somewhat off topic but I was wondering if you knew where I could find a captcha plugin for my comment form? I’m using the same blog platform as yours and I’m having trouble finding one? Thanks a lot!