भद्रपुर २०,माघ / झापा,भद्रपुर-८ निवासी शिक्षासेवी घनेन्द्र शर्माको सहजीकरण तथा धरणी शर्माको पहलमा भद्रपुरको शारदा आधारभूत विद्यालयलाई विज्ञान सामग्री हस्तान्तरण गरिएको छ।भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जयन्ती मानीको अध्यक्षतामा विद्यालयमा आयोजित कार्यक्रममा
६० हजार मूल्य वरावरका विज्ञान सामग्री आज विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
बेलायतको सेभ द स्कुल फाउन्डेसनबाट सोही ठाउँ निवासी विनोद नेउपानेले रे अफ होप यु के मार्फत विद्यालयलाई उपलब्ध गराउनु भएको हो।
सो संस्थाले भद्रपुरको पृथ्वी आधारभूत विद्यालय र पशुपति आधारभूत विद्यालयलाई पनि सोही अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो।ती सामग्रीहरू प्रमुख अतिथि नगर प्रमुख पोखरेल लगायतले सम्बन्धित विद्यालयलाई प्रदान गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल,नगर शिक्षा शाखा प्रमुख पवित्रा ढकाल, शिक्षासेवीहरू टहलदास अधिकारी र घनेन्द्र शर्मा , शिक्षक महासंघ भद्रपुरका नगर अध्यक्ष पुरुषोत्तम खरेलले मन्तव्य राख्नु भएको थियो ।प्रधान अध्यापक कोपिला गौतमले विद्यालयको अवस्थाबारे जानकारी दिएको सो कार्यक्रमको सञ्चालन शिक्षक लोकनाथ खतिवडाले र स्वागत मन्तव्य शिक्षक शिवशरण श्रेष्ठको रहेको थियो।