• Thu. Sep 19th, 2024

थोरै लगानीमा उल्लेखनीय काम

BySaptahik Samachar

३१ भाद्र २०८१, सोमबार १७:४७ ३१ भाद्र २०८१, सोमबार १७:४७ ३१ भाद्र २०८१, सोमबार १७:४७

चन्द्रगढी बस स्टेण्डमा प्रतीक्षालय निर्माण

भद्रपुर ३१,भदौ / भद्रपुर-८ को चन्द्रगढी बस स्टेण्डमा प्रतीक्षालय निर्माण गरिएको छ।भद्रपुर – ८ निवासी चन्द्र सुबेदी-तारा सुबेदी दम्पतीले प्रतीक्षालय निर्माण गरिदिएका हुन्।
प्रतीक्षालयको आज भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गर्नुभयो।
भद्रपुर-विर्तामोड सडक खण्डको कृषि विकास बैङ्क अगाडि चन्द्रगढी बस स्टेण्डमा राखिएको फलामे बेन्च (प्रतीक्षालय )मा जस्ता पाताको छानो समेत राखिएको छ।

यसैले घाम पानीबाट बच्न पनि प्रतीक्षालयले मद्दत गर्नेछ । निर्माणकर्ता सुवेदीका अनुसार प्रतीक्षालय निर्माणमा लगभग ४० हजार रूपैयाँ लागत लागेको छ।
उद्घाटनका अवसरमा नगर प्रमुख पोखरेलले  प्रतीक्षालयले यात्रुलाई सहज र सुविधा पुग्ने बताउँदै आवश्यकता अनुसार बनेको यो महत्त्वपूर्ण कामले अरूलाई पनि प्रेरणा दिएको उल्लेख गर्नुभयो।

2 thoughts on “थोरै लगानीमा उल्लेखनीय काम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *