• Thu. Sep 19th, 2024

भद्रपुरमा भोलिदेखि प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता सुरू

BySaptahik Samachar

२७ भाद्र २०८१, बिहीबार १६:५६ २७ भाद्र २०८१, बिहीबार १६:५६ २७ भाद्र २०८१, बिहीबार १६:५६

भद्रपुर २७ , भदौ / झापा जिल्ला व्याडमिन्टन संघकाे आयाेजनामा भोलि भदौ २८ गतेदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुॅदैछ ।

२०८१ भदाै २८ देखि  ३० गतेसम्म मेची रंगशालास्थित कभर्डहलमा भाेलि विहान ७ बजेदेखि सुरू हुने प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ । प्रतियोगितामा दुवै विधाका गरी ४७ वटा टिम सहभागी हुने आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालले बताउनु भयो ।
अध्यक्ष ढकालका अनुसार प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्‍यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ,अव शुरू हुन मात्र बाँकी छ,भद्रपुर झापा गोल्ड कपका अध्यक्ष समेत रहेका उहाँले भन्नुभयो – ‘ फुटबल खेल सफल ढङ्गबाट सम्पन्न भए जस्तै यो प्रतियोगितालाई सफल पार्न पनि सवैको सहयोग हुनेछ भन्ने विश्वास छ।’

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् । संघका अध्यक्ष ढकालका अनुसार दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन्।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् । पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको हो ।

2 thoughts on “भद्रपुरमा भोलिदेखि प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता सुरू”
  1. Aw, this was an extremely good post. Finding the time and actual effort to produce a great article… but what can I
    say… I hesitate a lot and never seem to get anything done.

Leave a Reply

Your email address will not be published. Required fields are marked *