• Fri. Jul 11th, 2025

सहकारी तालिम सम्पन्न

BySaptahik Samachar

३० चैत्र २०८०, शुक्रबार १६:१५ ३० चैत्र २०८०, शुक्रबार १६:१५ ३० चैत्र २०८०, शुक्रबार १६:१५

भद्रपुर ३०,चैत / नगरपालिका क्षेत्रका सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भद्रपुरमा सञ्चालित ४ दिने प्रशिक्षण सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाको आयोजनामा सहकारीहरू संस्थाहरूको क्षमता विकास तथा सहकारीको लेखा व्यवस्थापन (Copomis & Pearls) सम्बन्धी प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो। भद्रपुरको होटल उड ल्याण्डमा चैत २७ गतेबाट प्रशिक्षण सुरु भएको थियो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र नगर पालिकाको आर्थिक विकास संयोजक प्रशंसा ठटालको सभापतित्वमा समापन कार्यक्रम भएको हो। प्रशिक्षणमा भद्रपुर नगरपालिकामा मुख्य कार्यालय रहेका, तथा नगर पालिका र प्रदेश मातहतको नियमन क्षेत्रभित्र रहेका २६ वटा सहकारी संस्थाका व्यवस्थापक र कर्मचारीसहित ५० जना बढीको सहभागिता थियो।

प्रशिक्षणमा भद्रपुर नगरपालिकाका सहकारी विकास शाखाका प्रमुख नेत्रप्रसाद पोखरेल र सूचना प्रविधि शाखा प्रमुख कृष्णप्रसाद भट्टराई तथा नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहजीकरण गर्नुभएको थियो। तालिम समापनका अवसरमा प्रशिक्षार्थीद्वय महेश पुलामी मगर र गीता कार्कीले आ-आफ्ना तालिम अनुभव शेयर गर्नुभएको थियो।

4 thoughts on “सहकारी तालिम सम्पन्न”
  1. Этот информативный текст отличается привлекательным содержанием и актуальными данными. Мы предлагаем читателям взглянуть на привычные вещи под новым углом, предоставляя интересный и доступный материал. Получите удовольствие от чтения и расширьте кругозор!
    Подробнее можно узнать тут – https://vyvod-iz-zapoya-1.ru/

  2. The other day, while I was at work, my sister stole my iPad and tested
    to see if it can survive a 40 foot drop, just so she can be a youtube sensation. My apple ipad is now destroyed and she has 83 views.
    I know this is totally off topic but I had to share it with someone!

Leave a Reply

Your email address will not be published. Required fields are marked *