भद्रपुर २६,फागुन / झापा, हल्दिबारी-३ जलथलस्थित देउनियाँ खोला किनारको सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा लगाइएको धार्मिक अनुष्ठान सम्पन्न भएको छ। रङ्गीया डाँडा पारि देउनियाँ किनारमै धार्मिक पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गरेको सो मन्दिरमा २०८० साल फागुन १८ गतेबाट सुरु भएको श्रीमद् मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञ शनिवार सम्पन्न भएको हो।

सम्विधान सभा सदस्य केदारप्रसाद सञ्जेलको प्रमुख आतिथ्य र मन्दिर सञ्चालक समितिका अध्यक्ष गोविन्द बोहोराको सभापतित्व भएको पुराण समापन समारोहमा ८५ देखि ९७ वर्षसम्मका जेष्ठ माता पितालाई दोसल्ला र लट्ठी प्रदान गर्दै सम्मान गरिएको थियो।
सोही धार्मिक अनुष्ठानमा मन्दिरलाई सहयोग पुर्याउने दातादम्पती केदारप्रसाद सञ्जेल र टिका सञ्जेल तथा सञ्चारकर्मीहरू गोपाल गिरी, नेत्रविक्रम विमली र देविका अधिकारी र मन्दिर परिसरमा दुर्गा मन्दिर निर्माण – हस्तान्तरणकर्ता अमेरिका निवासी उर्मिला दङ्गाललाई पनि सम्मान गरिएको थियो।
समापन समारोहमा प्रमुख अतिथि सञ्जेल, किराँत माङहिमका अध्यक्ष लालबहादुर कन्दङ्वा र रणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर साँवालगायतले मन्तव्य राख्नुभएको थियो। मन्दिर सञ्चालक समितिका सचिव ताराबहादुर वोहोराले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शालिग्राम कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो।

नवाह महायज्ञमा आचार्य पण्डित प्रदीप भण्डारी प्रमुख बाचक र पण्डित अनिसकृष्ण भण्डारी उपबाचक रहनुभएको थियो।
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.