• Sun. Sep 8th, 2024

इथिकल ह्याकरको रुपमा स्थापित सम्वर्द्धनको साइबर सुरक्षा विज्ञ बन्ने लक्ष्य

BySaptahik Samachar

२३ फाल्गुन २०८०, बुधबार ०८:४८ २३ फाल्गुन २०८०, बुधबार ०८:४८ २३ फाल्गुन २०८०, बुधबार ०८:४८

क्षमता देखेरै दियो कलेजले ८ लाखको छात्रवृत्ति

भद्रपुर २३ फागुन / १४ वर्षकै उमेरमा ह्याकिङ सिक्न सुरु गरेका झापा भद्रपुरका संवर्द्धन खनालले राजधानीकै प्रतिष्ठित कलेज सफ्टवेरिकामा पूर्ण छात्रवृत्ति पाएका छन् । उनीसँग भएको ह्याकिङ सम्बन्धी सीपकै आधारमा कलेजले उनलाई आठ लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिएको हो ।  
इथिकल ह्याकरको रूपमा स्थापित भइसकेका उनले अहिलेसम्म यूएस डिपार्टमेन्ट अफ डिफेन्स, यूके मिनिस्ट्री अफ डिफेन्स, स्क्वायर स्पेस, गुगल, नासा, डीजेआई, ओराकल, बीएमडब्लू, माइक्रोसफ्ट, एप्पल लगायत २५ भन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीको बग अर्थात् सुरक्षा कमजोरी पत्ता लगाइसकेको एक समाचारमा जनाइएको छ । राजधानी काठमाडौंको टेकपाना मिडिया डट कममा प्रकाशित एक समाचारमा भनिए अनुसार कतिपयमा ‘हल अफ फेम’ मा उनको नाम आएको छ भने कतिपयले पुरस्कार रकम दिएका छन् । हालसम्म बग बाउन्टीबाट उनले कुल छ लाख रुपैयाँ कमाइसकेका छन् । 

एरनटिकल इन्जिनियरिङको सपना त्यागेका उनै खनालसँग अहिले नयाँ लक्ष्य छः साइबर सुरक्षा विज्ञ बन्ने । स्वःअध्ययन गरेर उनले यो क्षेत्रका विशेष सीप सिकेका छन् । अहिले त्यही सीपले उनलाई सफ्टवेरिका कलेजमा स्नातक तहमा साइबर सुरक्षा पढ्ने आठ लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति दिलाएको छ ।

उमेरले १८ वर्ष मात्र पुगेका उनी झापा भद्रपुर – ८ मंगल चोकका स्थायी बासी हुन्। उनमा जुन सीप छ, त्यो थोरै विद्यार्थीमा मात्रै हुने गर्छ । त्यसैले उनलाई सीपमा आधारित छात्रवृत्ति दिइएको कलेजको भनाइ छ ।  बुबाको ट्राभल एजेन्सी भएकाले पनि उनलाई डेस्कटप कम्प्युटर र इन्टरनेट सहज भयो । “बुबाको काम नहुँदा कम्प्युटरमा म गेम खेलेर सारा दिन बिताइदिन्थें,” उनी सम्झन्छन् ।
संवर्द्धन साइबर सुरक्षाका विषयमा भने स्वस्फूर्त तवरमा जतिसुकै समय पढ्न सक्ने सामर्थ्य राख्छन्।
बुबाको कम्प्युटरबाट नयाँ-नयाँ अनुभव बटुल्दै जाँदा उनी ह्याकिङ प्रति आकर्षित हुन थाले । त्यतिबेला उनी १४ वर्षका मात्रै थिए ।

One thought on “इथिकल ह्याकरको रुपमा स्थापित सम्वर्द्धनको साइबर सुरक्षा विज्ञ बन्ने लक्ष्य”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Tier 1 – 500 links with placement inside articles on article sites

    Secondary – 3000 link Rerouted hyperlinks

    Tertiary – 20000 links blend, feedback, articles

    Employing a link structure is helpful for search engines.

    Need:

    One link to the platform.

    Search Terms.

    Accurate when 1 query term from the page title.

    Note the extra offering!

    Crucial! Top references do not conflict with Secondary and Tertiary-rank hyperlinks

    A link structure is a instrument for elevating the liquidity and backlink portfolio of a digital property or social network

Leave a Reply

Your email address will not be published. Required fields are marked *