• Sun. Oct 27th, 2024

पशुपति प्रा.वि.को हिरक वार्षिकोत्सव सम्पन्न

BySaptahik Samachar

२५ माघ २०८०, बिहीबार १७:३२ २५ माघ २०८०, बिहीबार १७:३२ २५ माघ २०८०, बिहीबार १७:३२

भद्रपुर, २५ माघ / झापा, भद्रपुर – ५ मा रहेको पशुपति प्राथमिक विद्यालयको ६० औं बार्षिकोत्सव तथा अभिभावक दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बर्माको अध्यक्षता र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
सो अवसरमा समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजु स्व.ओमप्रकाश गोयलको स्मृतिमा स्थापित अक्षय कोषबाट बाल कक्षादेखि पाँच कक्षासम्मका छात्र छात्रालाई पुरस्कार प्रदान गरिनुका साथै शिक्षक सुनम कार्कीलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरिएको थियो।
सोही कार्यक्रममा चन्द्रमाया श्रेष्ठद्वारा सासु रत्नमाया श्रेष्ठको स्मृतिमा स्थापित अक्षय कोषबाट पनि छात्र छात्रालाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, वडा अध्यक्ष बन्धु कार्की, नगर शिक्षा प्रमुख राजकुमार ओडारी, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शिला खड्का, भानु प्राथमिक बिद्यालयका प्रधान अध्यापक सीता विमली र शिक्षक ललिता क्षेत्रीले मन्तव्य राख्नुभएको थियो।
सहयोगी धर्म राईका अनुसार, विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक अनिता रिजालले गर्नुभएको थियो भने छात्रा अन्जनी मल्लिकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

One thought on “पशुपति प्रा.वि.को हिरक वार्षिकोत्सव सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।