• Sun. Jun 22nd, 2025

भद्रपुरे परिवारमा शोक

BySaptahik Samachar

२२ कार्तिक २०८०, बुधबार ०४:३० २२ कार्तिक २०८०, बुधबार ०४:३० २२ कार्तिक २०८०, बुधबार ०४:३०

  बिर्तामोड,१९ कार्तिक। झापाको पुराना व्यावसायिक प्रतिष्ठान ‘रामप्रसाद पवनकुमार’का संचालक राजकुमार अग्रवाल ‘भद्रपुरे’ (उहॅा राजकुमार ‘पोड्का’ भनेर पनि चिरपरिचित हुनुहुन्थ्यो)  को ७२ वर्षको उमेरमा कार्तिक १९ गते स्थानीय बी एण्ड सी हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। 

  झापा उद्योग बाणिज्य संघ, जिल्ला कार्यसमितिका अध्यक्ष, भद्रपुर गौशालामा सचिव लगायत अन्य धेरै सामाजिक, धार्मिक, शैक्षिक संघ-संस्थाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरी सक्नु भएका अग्रवाललाई रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको थियो। 

अग्रवालका ४ छोराहरु, मनोज नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड उपशाखाको सभापति र रोटरी क्लब अफ् बिर्तामोड मिडटाउनको जिम्मेवारीमा हुनुहुन्छ। माइला छोरा संजय , मारवाडी सेवा समिति बिर्तामोडको कार्यसमिति सदस्य, साइॅलो अजय , लायन्स क्लब अफ् दमकको

पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय हुनु हुन्छ भने कान्छो विनय व्यावसायिक फर्म विनायक ईन्टरप्राईजेजका संचालक हुनु हुन्छ। 

  अग्रवालका दाजु रामअवतार तथा भाइहरु र भतिजाहरुमा डा. पवनकुमार ( क्यानडा) र सामाजिक व्यक्तित्व सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, संचारकर्मी एवम् सामाजिक अभियन्ता सन्तोष अग्रवाल, चार्टर्ड एकाउन्टेन्ट सुशीलकुमार अग्रवाल समेत गरी २९ नाति-नातिना र पनातिहरु रहेका छन्।

11 thoughts on “भद्रपुरे परिवारमा शोक”
  1. Исследуйте лучшие онлайн-казино 2025 года. Сравните бонусы, выбор игр и надежность лучших платформ для безопасной и выгодной игрыбонус казино

Leave a Reply

Your email address will not be published. Required fields are marked *