• Sun. Sep 8th, 2024

भद्रपुर लायन्सद्वारा आँखा शिविर सञ्चालन

BySaptahik Samachar

११ आश्विन २०८०, बिहीबार १८:४२ ११ आश्विन २०८०, बिहीबार १८:४२ ११ आश्विन २०८०, बिहीबार १८:४२

झण्डै चारसय लाभान्वित भद्रपुर ११,असोज / लायन्स क्लब अफ भद्रपुरको आयोजनामा भद्रपुर-२ को सगरमाथास्थित महिला सामुदायिक भवनमा आँखा शिविर सञ्चालन गरिएको छ। मेची आँखा अस्पताल सैनिक मोड विर्तामोडको प्राविधिक सहयोगमा विहीबार आँखा शिविर सञ्चालन गरिएको हो।

एक दिने आँखा शिविरमा ३ सय ७० जनाको आँखा परीक्षण र १३ जनालाई मोतियाविन्दुको अप्रेशनका लागि सिफारिस गरिएको आयोजकले जनाएका छन्।
भद्रपुर नगरपालिकाको वडा नं.२ र लियो क्लब अफ भद्रपुरको सहकार्यमा सञ्चालित शिविरको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले गर्नुभएको थियो। लायन्स क्लब अफ भद्रपुरका प्रेसिडेन्ट शर्मिला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स र लियो क्लबका पदाधिकारी – सदस्यहरूको सक्रिय सहयोग रहेको जनाइएको छ ।

फस्ट भाइस प्रेसिडेन्ट उत्तम राजवंशीले स्वागत मन्तव्य राखेको शिविर उद्घाटन कार्यक्रममा मेची आँखा अस्पतालका मनोज बानिया, उर्मिला विमली खरेल, भद्रपुर नगरपालिकाका २ नं वडाध्यक्ष रामप्रसाद कँडेल र प्रमुख अतिथि कार्कीले शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको संचालन लायन्स क्लब अफ भद्रपुरका सेक्रेटरी पार्वती ओझाले गर्नुभएको थियो।

2 thoughts on “भद्रपुर लायन्सद्वारा आँखा शिविर सञ्चालन”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *