• Fri. Oct 18th, 2024

स्वावलम्बन लघुवित्तद्वारा भानुलाई खेलकुदका सामग्री हस्तान्तरण

BySaptahik Samachar

१ भाद्र २०८०, शुक्रबार १६:२८ १ भाद्र २०८०, शुक्रबार १६:२८ १ भाद्र २०८०, शुक्रबार १६:२८

भद्रपुर १,भदौ / झापा भद्रपुर – ८ को भानु आधारभूत विद्यालयलाई स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको चन्द्रगढी उपशाखाले खेलकुदका सामग्रीहरू उपलब्ध गराएको छ।
विद्यालयमा शुक्रबार आयोजित एक संक्षिप्त कार्यक्रममा सो संस्थाका तर्फबाट विद्यालयलाई ४ थान क्यारेम बोर्ड, २ थान फुटबल, १० सेट लुँडो, १५ वटा स्कीपिङ तथा १५ थान प्लाष्टिक कुर्सी र ६ सेट नृत्य पोशाक उपलव्ध गराएको हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय संस्थाले विद्यालयलाई ती सामग्री हस्तान्तरण गरेको संस्थाका कर्मचारी सूर्य याक्थुम्वाले जानकारी दिनुभयो।
भद्रपुर नगरपालिका ८ नं. वडाध्यक्ष गौरव सुब्बाको प्रमुख आतिथ्यमा लघु वित्त संस्थाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधान अध्यापक सीता विमलीलाई ती सामग्री हस्तान्तरण गरेको हो।
लघुवित्त वित्तीय संस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुव्वा,सो संस्थाको विर्तामोड इलाका प्रवन्धक कृष्ण खनाल र विद्यालयकी प्रधानाध्यापक सीता विमलीले मन्तव्य राख्नुभएको थियो। संस्थाका चन्द्रगढी उपशाखाका प्रवन्धक सरोजकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी कर्मचारी सुस्मिता सुनुवारले स्वागत मन्तव्य र सञ्चालन कर्मचारी याक्थुम्वाले गर्नुभएको थियो।

2 thoughts on “स्वावलम्बन लघुवित्तद्वारा भानुलाई खेलकुदका सामग्री हस्तान्तरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *