
भद्रपुर, १२ माघ । झापाको भद्रपुर नगरपालिका–६ मा भतियाबाडी टोलमा १२ विपन्न आदिवासी परिवारको घर निर्माण शुरु भएको छ ।
त्यसरी घर पाउनेहरूमा राजो माझी, श्याम माझी, रमेश माझी, नारायण राजवंशी, फुलकुमारी राजवंशी, प्रमिला राजवंशी, भेलासरी राजवंशी, निर्मला राजवंशी, सुमित्रा माझी, लखन माझी र रविन माझी हुनुहुन्छ।
सामाजिक व्यक्तित्व दीनबन्धु गोयलले आफ्ना दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा आदिवासी समुदायको घर निर्माण गरिदिने भएपछि उनीहरुको घर निर्माण शुरु भएको हो । आज एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष रतिया राजवंशी लगायतले घरको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले विपन्न समुदायको घर निर्माण सुखद् भएको बताउँदै दाताप्रति आभार व्यक्त गर्नुभयो । “भद्रपुरमा विशेष गरी शैक्षिक क्षेत्रमा उहाँले धेरै काम गर्नुभएको छ”, उहाँले भन्नुभयो- “सामाजिक कार्यमा उहाँको यात्रा अविछिन्न रहोस् ।” उपप्रमुख कार्कीले सबै नागरिकले आआफ्नो ठाउँबाट सकेको सामाजिक कार्य गर्नुपर्नेमा जोडदिनुभयो ।
टिनको छाना भएको दुई कोठा बरण्डासहितको घरको लागत प्रतिघर रू पाँच लाख रहेको भद्रपुर वडा नं. ६ का वडा सचिव हरिप्रसाद चम्लागाईंले जानकारी दिनुभयो । घर पाउनेहरुमा १० माझी र दुई राजवंशी समुदायका रहेका छन् ।
कार्यक्रममा वडाध्यक्ष राजवंशीले घर निर्माण भए पनि शौचालय र शुद्ध खानेपानीको अभाव भएकाले सोको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा दाता परिवारका तर्फबाट विनय गोयल, भद्रपुर नगरपालिका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर–४ का वडाध्यक्ष हंशधर राजवंशी, कार्यपालिका सदस्य सन्ध्याकुमारी डंगोल, टोल विकास संस्थाका अध्यक्ष महतलाल राजवंशी लगायतले शुभकामना मन्त्व्य राख्नुभएको थियो ।
कार्यक्रममा भद्रपुर गोल्डपकका अध्यक्ष दिपेश ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठक लगायत कार्यपालिकाका पदाधिकारी सदस्यहरू लगायतको आतिथ्य रहेको थियो ।
समाजसेवी गोलयले झापा, मोरङ, सुनसरी, इलाम लगायतका विभिन्न स्थानमा शैक्षिक एवम् भौतिक सहयोग गर्दै आउनुभएको छ ।

thx admin
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
利用强大的谷歌蜘蛛池技术,大幅提升网站收录效率与页面抓取频率。谷歌蜘蛛池
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序