• Sun. Sep 8th, 2024

क्षयरोग निवारण संस्थाको २१औं जिल्ला सभा सम्पन्न

BySaptahik Samachar

३० पुष २०७९, शनिबार १८:५९ ३० पुष २०७९, शनिबार १८:५९ ३० पुष २०७९, शनिबार १८:५९

यशस्कर सदस्य थापालाई सम्मानः थापाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन

भद्रपुर ३०,पुस / नेपाल क्षयरोग निवारण संस्था झापा शाखाको सभापतिमा गोपालबहादुर थापा पुनः निर्वाचित हुनुभएको छ। क्षयरोग निवारण संस्थाको २१औं जिल्ला सभाले थापा सहित ११ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको क्षयरोग निवारण संस्थाका केन्द्रीय महासचिव राजन श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार निर्वाचित अन्य सदस्यहरूमा धनजुजु श्रेष्ठ, गोपाल गिरी, केदार महत, कृष्णप्रसाद प्रसाईं, ससीम पोखरेल, जगन्नाथ खनाल, शर्मिला अधिकारी, मानवहादुर धमला, भीष्म प्रसाईं र सुरेन्द्र खत्री हुनुहुन्छ।
शाखाको जिल्ला सभा प्रदेश एकका भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गोपालबहादुर थापाको सभापतित्वमा भएको थियो।
जिल्ला सभालाई प्रमुख अतिथि सरावगी, केन्द्रीय महासचिव राजन श्रेष्ठ, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, पूर्व सभापति काजीलाल डङ्गोल, समाजसेवी तारा भुर्तेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकाे सो सभामा एक्सल डेभलपमेन्ट बैंक भद्रपुर शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थालाई २५ थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको थियो।

जिल्ला सभाको सोही उद्घाटन समारोहमा एक लाख बढी रकम सहयोग गरे बापत संस्थाका अध्यक्ष गोपालबहादुर थापालाई यशस्कर सदस्यता सहित २५ हजार बढी रकम सहयोग पुर्‍याउने दाताहरूलाई विशिष्ट सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो। त्यसैगरी संस्थाका पूर्व पदाधिकारी, पूर्व कर्मचारी, दाता र सहयोगी संघ संस्थालाई पनि सम्मान गरिएको सो कार्यक्रममा सचिव ऋषि चापागाईँले सञ्चालन तथा सदस्य शर्मिला अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

One thought on “क्षयरोग निवारण संस्थाको २१औं जिल्ला सभा सम्पन्न”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Top – 500 links with placement inside pieces on publishing domains

    Middle – 3000 web address Rerouted hyperlinks

    Level 3 – 20000 hyperlinks blend, comments, posts

    Implementing a link network is advantageous for indexing systems.

    Need:

    One connection to the website.

    Search Terms.

    Correct when 1 key phrase from the content title.

    Observe the supplementary feature!

    Crucial! Tier 1 links do not overlap with Secondary and 3rd-rank connections

    A link structure is a mechanism for elevating the movement and link profile of a online platform or social media platform

Leave a Reply

Your email address will not be published. Required fields are marked *