• Sun. Sep 8th, 2024

अपाङ्गता भएकाहरूलाई लुगा बाँडेर मनाए धनजुजुले जन्म दिन

BySaptahik Samachar

९ आश्विन २०७९, आईतवार १७:५६ ९ आश्विन २०७९, आईतवार १७:५६ ९ आश्विन २०७९, आईतवार १७:५६

सानो सहयोगले ठूलो खुसी

भद्रपुर,९ असोज / सेवा भावनाबाट प्रेरित व्यक्तिहरू आफ्नो जन्म दिनको अवसरमा पनि सेवा कार्य गरेर रमाउँछन्। नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रका राष्ट्रिय अध्यक्ष धनजुजु श्रेष्ठले त्यस्तै सेवामुखी कार्य गरेर आज आफ्नो जन्मदिन मनाउनु भएको छ।
झापा भद्रपुर-८ निवासी उहाँले आफ्नो जन्मदिनको अवसरमा सोह्रश्राद्धको अन्तिम दिन पितृहरुको स्मरण गर्दै नेपाल अपाङ्ग संघको अपाङ्गता नागरिक ग्राम भद्रपुरमा रहेका अपाङ्गता भएकाहरु ९ जना र अन्य सहयोगी ३ जना समेत गरी १२ जनालाई रु.१५ हजार वरावरको दशैंको लुगा प्रदान गर्नुभएर सानो तर कसैलाई खुसी दिलाउन सफल हुनु भएको छ। 

जन्म दिनको अवसरमा सामाजिक व्यक्तित्व श्रेष्ठले अपाङ्गता भएकाहरूलाई तयारी पोसाक प्रदान गरेर पुर्‍याएको सहयोग र हौसलाप्रति नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रको झापा शाखाले उहाँको दीर्घायु र सु स्वास्थ्यको कामना गरेको सभापति ऋषि चापागाईंले जनाउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका संस्थापक सभापति स्वयम्भूलाल श्रेष्ठका सुपुत्र उहाँले आफ्ना पिताको योगदानलाई पछ्याउँदै विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आउनुभएको छ। योग्य पिताका सुयोग्य सुपुत्र धनजुजुले नेपाल रेडक्रस सोसाइटी झापा शाखामा दश लाख बढी रकम खर्च गरेर पिताको स्मृतिमा स्वयम्भू सभाहल नै निर्माण गरिदिनु भएको छ भने रेडक्रस उपशाखामा शौचालय निर्माणका लागि एक लाख रकम सहयोग गर्नुभएको छ।
यसबाहेक पनि उहाँले अन्य विभिन्न स्थानमा उल्लेख्य सहयोग गर्नुभएको पारिवारिक स्रोतले जनाएको छ।

One thought on “अपाङ्गता भएकाहरूलाई लुगा बाँडेर मनाए धनजुजुले जन्म दिन”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Top – 500 connections with placement embedded in writings on writing platforms

    Secondary – 3000 web address Redirected connections

    Lower – 20000 links mix, posts, writings

    Using a link network is useful for search engines.

    Necessitate:

    One reference to the domain.

    Search Terms.

    True when 1 key phrase from the website heading.

    Remark the additional feature!

    Important! First-level hyperlinks do not coincide with Tier 2 and Tertiary-tier links

    A link hierarchy is a tool for boosting the circulation and link profile of a online platform or online community

Leave a Reply

Your email address will not be published. Required fields are marked *