• Thu. Apr 2nd, 2026

सदरमुकाममा ‘भद्रपुर महोत्सव’ सञ्चालनमा

BySaptahik Samachar

२० श्रावण २०७९, शुक्रबार १४:४० २० श्रावण २०७९, शुक्रबार १४:४० २० श्रावण २०७९, शुक्रबार १४:४०

भद्रपुर २० साउन / झापाको सदरमुकाम भद्रपुरमा ‘भद्रपुर महोत्सव’ शुरु भएको छ ।भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने, संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनिकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बर्द्धनलगायतको उद्देश्य राखी भद्रपुर युवा परिवारको आयोजनामा ‘भद्रपुर महोत्सव’ सञ्चालन गरिएको हो ।
खेलकुद र सामाजिक गतिविधिमा सक्रिय भद्रपुर युवा परिवारले जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकाबाट स्वीकृति लिई ‘भद्रपुर महोत्सव’ आयोजना गरेको क्लवका अध्यक्ष बिर्जु सहनीले जानकारी दिनु भयो ।
महोत्सवमा व्यावसायिक स्टलहरुका साथै रमाइलो मेला, बालबाटिका र मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । १५ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण दुई दिन ढिलो गरी सुरु भएको हो ।

महोत्सवमा रोटेपिङ, मौतका कुवाजस्ता रमाइलो मेला, बालबालिकाको मनोरञ्जनका लागि सानाखाले पिङहरु, विभिन्न खेल–तमासा रहेका छन् भने दैनिक स्थानीय र विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने क्लवका सदस्य कृष्ण वनले बताउनु भयो ।
महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ । पहिलो इण्डियन आइडल विजेता, लोकप्रिय गायक प्रशान्त तामाङलगायत डम्बर नेपाली, ज्योति मगर, अमित पल, मेलिना राई, रेजिना रिमाल, कमल खत्री, निशान भट्टराई, र्यापर माइला, प्रिती आले र हर्के हवल्दारको प्रस्तुति रहने क्लवका सचिव सिकेन्द्र यादवले जानकारी दिनु भयो ।
महोत्सव सम्पन्न गर्न लगभग २७ लाख रुपैयाँ खर्च हुने र सो रकम विभिन्न प्रायोजक, संघ–संस्था, स्टल बिक्री, कलाकारहरु आउँदाको टिकट बिक्रीबाट जुटाइने कोषाध्यक्ष रवि मुखियाले जानकारी दिनुभयो ।
अवलोकनकर्ताहरुको आगमनलाई हेरेर महोत्सवको समयावधि हेरफेर हुनसक्ने अध्यक्ष सहनीको भनाइ छ ।

123 thoughts on “सदरमुकाममा ‘भद्रपुर महोत्सव’ सञ्चालनमा”
  1. I’m extremely impressed along with your writing abilities
    as smartly as with the layout for your blog. Is this a paid
    subject matter or did you customize it yourself?
    Either way keep up the excellent quality writing, it is rare to
    peer a nice blog like this one nowadays. HeyGen!

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  4. https://888starz.net.co/
    888Starz Colombia constituye una plataforma de casino online y casa de apuestas que cuenta con mas de 9.500 juegos disponibles, tales como tragamonedas, mesas con crupier en vivo y una amplia oferta de deportes que incluye desde el torneo local BetPlay pasando por la Champions League y los esports.

  5. https://ufc327odds.com/
    The upcoming UFC 327 light heavyweight championship bout in Miami shapes up as a classic pick’em for bettors, as previous belt holder Jiri Prochazka (-142) and surging knockout specialist Carlos Ulberg (+120) prepare to square off for the unclaimed belt. The extremely close odds are a testament to how evenly matched these two striking specialists truly are, creating a scenario where a investment on either man ultimately comes down to which dynamic fighting style you believe will reign supreme.

Leave a Reply

Your email address will not be published. Required fields are marked *