• Sun. Sep 8th, 2024

रेडक्रसद्वारा पोषण पुनर्स्थापना गृहका वालवालिकालाई तयारी कपडा

BySaptahik Samachar

१२ श्रावण २०७९, बिहीबार १५:०२ १२ श्रावण २०७९, बिहीबार १५:०२ १२ श्रावण २०७९, बिहीबार १५:०२

भद्रपुर,१२ साउन /नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले मेची अस्पताल अन्तरगतको पोषण पुनर्स्थापना गृहका वालवालिका र तिनका अभिभावकहरूका लागि तयारी पोसाक प्रदान गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बारकोटीको प्रमुख आतिथ्यमा विहीबार एक संक्षिप्त कार्यक्रमका बीच पोसाक वितरण गरिएको हो।
पुनर्स्थापना गृहमा हाल १० जना कुपोषित वालवालिकाहरू उपचाररत छन्। मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बारकोटी र भद्रपुर रेडक्रसका सभापति गोपाल गिरीले पोषण पुनर्स्थापना गृहकी प्रमुख गंगा लिम्बूलाई ती कपडा हस्तान्तरण गर्नुभएको हो। पोसाक हस्तान्तरण कार्यक्रममा रेडक्रस सोसाइटीका पदाधिकारी तथा सदस्य एवं स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।

One thought on “रेडक्रसद्वारा पोषण पुनर्स्थापना गृहका वालवालिकालाई तयारी कपडा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *