बिर्तामोड, जेठ २६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो । खेलाडीलाई प्रोत्साहन गर्न झापा गोल्ड कपले पुरस्कृत गर्ने निर्णय गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताउनुभयो । एक विशेष कार्यक्रमको आयोजना गरी क्लबका खेलाडी तथा अफिसियल २८ जनालाई जनही ११ हजार रुपैयाँ प्रदान गरिने भएको हो । स्वयम्भु फुटबल क्लबलाई लिगको अन्तिम खेलमा ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको थियो । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोडेको थियो । Post Views: 292 Post navigation दलित भएकै कारण गुरुकुलले भर्ना नलिएको गुनासो ललितपुरको गुरुकूलले भर्ना लिन नमानेका दलित छात्रलाई महोत्तरीको गुरुकूलले निशुल्क पढाउने
विर्ता बजारमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको दिन लाग्ने मेलामा स्थानाभाव भएपछि सडकमै सन्थाल नृत्य २६ आश्विन २०८१, शनिबार २०:३७