भद्रपुर 11जेठ/ भद्रपुर नगरपालिका–५ निवासी स्व. प्रेमदास उपाध्याय घिमिरेद्वारा लिखित ‘श्रीकृष्ण रहस्य’ पुस्तकको विमोचन गरिएको छ। लेखक घिमिरेका परिवारजनको आयोजनामा बुधवार एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो ।भद्रपुर- ८ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद्को भवनमा आयोजित कार्यक्रममा गुरु जगतानन्द महाराज, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा ‘श्रीकृष्ण रहस्य’ पुस्तकको विमोचन गर्नुभएको हो ।पुस्तकका लेखक घिमिरेको जन्म वि. सं. १९९० चैत ९ गते र निधन वि. स. २०७८ जेठ १६ गते भएको थियो । पेसाले शिक्षक समेत रहेका उहाँले लेखेको सो पुस्तकको सम्पादन हरि मञ्जुश्री र डिल्लीराम निरौलाले गर्नुभएको हो। पुस्तकको प्रकाशनको व्यवस्थापन छोराहरू गम्भीर घिमिरे, लीला घिमिरे र हिमाली निरौलाले गर्दै बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पुस्तक विमोचन गरिएको छोरा लीला घिमिरेले जानकारी दिनुभयो ।जेठो छोरा गम्भीरको अध्यक्षता तथा गुरु जगतानन्द महाराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुरका प्रमुख पोखरेल, उपप्रमुख कार्की, चरणप्रसाद ढुङ्गाना, वेणुप्रसाद सिटौला, डिल्लीराम निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्य देवु घिमिरेले राखेको कार्यक्रमको सञ्चालन खगेन्द्र चौलागाँईले गर्नुभएको थियो । Post Views: 347 Post navigation उपभोक्ताले धान्नै नसक्ने गरी ह्वात्तै बढ्यो इन्धनको मूल्य भद्रपुरको शारदा स्कूलमा विश्राम घर उद्घाटन
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९