• Thu. Oct 24th, 2024

नेपाल वारको निर्वाचनः गठबन्धनका उम्मेद्वार लगभग नौसय मतले अगाडि

BySaptahik Samachar

२३ चैत्र २०७८, बुधबार २१:३३ २३ चैत्र २०७८, बुधबार २१:३३ २३ चैत्र २०७८, बुधबार २१:३३

भद्रपुर २३,चैत्र / नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे ८ सय ८६ मतले अगाडि हुनुहुन्छ । आज बुधबार साँझसम्मको मतगणना अनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले एक हजार नौसय ९० मत प्राप्त गर्नु भएको छ।
प्रगतिशील समूहबाट उम्मेदवारी दिनु भएका विष्णुमणि अधिकारीले एक हजार ४ मत पाउनुभएको छ।त्यसैगरी, उपाध्यक्ष पदका उम्मेदवार मध्ये झापा भद्रपुरका अधिवक्ता सुरज खत्रीले एक हजार नौ सय ९८ र उहाँका प्रतिद्वन्द्वी रोहित डाँगीले एक हजार ५९ मत पाउनुभएको छ। अहिलेसम्मको गणनामा उपाध्यक्षका उम्मेदवार डाँगीलाई खत्रीले नौ सय ३९ मतले पछि पार्नुभएको छ। त्यस्तै, महासचिवका उम्मेदवार अन्जिता खनालको एक हजार सात सय ६५ आउँदा प्रतिष्पर्धी केदार कोइरालाको एक हजार एक सय ७५ र कोषाध्यक्षमा भरतवहादुर राउतको एक हजार नौ सय २८ प्रतिष्पर्धी जगतवहादुर कार्कीलाई एक हजार ६६ मत प्राप्त भएको वारको मतगणना स्रोतले जानकारी दिएको छ।
नेपाल वार एशोसिएसनको निर्वाचनमा करिब ७ हजार ४ सय मत खसेको थियो । अध्यक्ष पदमा निर्वाचित हुन करिब ३ हजार ७ सय मत ल्याउनु जरुरी छ ।अहिलेसम्म गणना भएको लगभग आधा मतसंख्यामा नौ सय देखि हजार मतले गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन्। हिजो विहानदेखि शुरू भएको मतगणनामा अहिले सम्म तीन हजार एक सय मत गणना भएको छ।मत गणना भोलि बिहान ९ बजेबाट पुनः शुरू हुने जनाइएको छ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
7 thoughts on “नेपाल वारको निर्वाचनः गठबन्धनका उम्मेद्वार लगभग नौसय मतले अगाडि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed