• Sun. Sep 8th, 2024

धनुकाणका राष्ट्रिय खेलाडी उत्पादन गर्ने झापा आर्चरी संघको तयारी

BySaptahik Samachar

६ चैत्र २०७८, आईतवार १८:१२ ६ चैत्र २०७८, आईतवार १८:१२ ६ चैत्र २०७८, आईतवार १८:१२

भद्रपुर ६,चैत्र /युगौदेखि खेलिदै आएको धनुकाण खेल्ने राष्ट्रिय खेलाडी उत्पादन गर्न झापा आर्चरी संघले सक्रियता देखाएको छ। नेपाल आर्चरी संघका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङको पहलमा झापा आर्चरी संघले खेलाडी उत्पादन गर्ने लक्ष्य अघि सारेको हो। परम्परादेखि खेलिदै आएको तर संगठित र व्यवस्थित नभएको यस खेलको विकास र विस्तारका लागि गठन गरिएको आर्चरी संघले यही चैत्र 11गते देखि तीन दिनसम्म भद्रपुरमा अभिमुखीकरण र खेल सम्वन्धी आधारभूत तालिम प्रदान गर्ने तयारी गरेको छ।
झापा भद्रपुर-7 निवासी आर्चरी संघका केन्द्रीय अध्यक्ष तथा आर्चरी खेलका प्रमुख प्रशिक्षक दिपकराज गुरूङको उपस्थितिमा भद्रपुरमा आज विहान आयोजित पत्रकार सम्मेलनमा खेल तयारीका वारेमा जानकारी गराइएको हो। ‘ नेपालमा वि.सं.2044 सालमा संघ दर्ता भए पनि 2062 सालबाट मात्रै व्यवस्थित र औपचारिक ढंगले खेलको शुरूआत भएको हो ‘ अध्यक्ष गुरुङले भन्नुभयो-‘ नेपालका १७ जिल्लामा यो खेलको संगठन विस्तार भए पनि खेलाडीहरू सन्तोषजनक रूपमा उत्पादन गर्न सकिएको छैन।’ प्रदेश – ४ को पोखरामा हुन गइरहेको नवौ राष्ट्रिय खेलमा झापाले कम्तीमा 8 जना खेलाडी छनौट हुने गरी तयारी गर्न पनि उहाँले निर्देशन दिनुभयो।
खेलाडी उत्पादन र सहजीकरणमा व्यक्तिगत तवरले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै झापा आर्चरी संघलाई तीनवटा धनुकाण उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो ।
झापा संघका सचिव दीप पौडेलले सहजीकरण गरेको सो कार्यक्रममा जिल्ला भरी छरिएका उत्सुक धनुकाण (आर्चरी) खेलाडीलाई आव्हान गरिने बताउनुभएको छ।
लोप हुँदै गएको खेललाई व्यवस्थित र विस्तार गर्न 2076 सालमै झापा जिल्ला आर्चरी संघ गठन भएको र संघलाई दर्विलो बनाउन आदित्य पराजुली, विगत ओझा, विनोद चापागाईँ, प्रज्ज्वल राई रहेको सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष कविनं राईले जानकारी दिनुभयो। झापामा संघ गठन गरिए लगत्तै कोभिड-१९ को प्रभाव शुरू भएकाले यस अघि कुनै गतिविधि हुन नसके पनि अव सक्रियतापूर्वक गतिविधि गरिने अध्यक्ष राईको भनाइ छ ।

10 thoughts on “धनुकाणका राष्ट्रिय खेलाडी उत्पादन गर्ने झापा आर्चरी संघको तयारी”
  1. Wonderful beat ! I wish to apprentice at the same time as you amend your website, how could i
    subscribe for a weblog site? The account
    aided me a appropriate deal. I have been a little
    bit familiar of this your broadcast provided shiny clear idea

  2. Профессиональный сервисный центр по ремонту сотовых телефонов, смартфонов и мобильных устройств.
    Мы предлагаем: ремонт телефонов по близости
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

Leave a Reply

Your email address will not be published. Required fields are marked *