• Fri. Oct 18th, 2024

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाईःघरेलु टोली २-१ले पराजित

BySaptahik Samachar

३० फाल्गुन २०७८, सोमबार १८:१८ ३० फाल्गुन २०७८, सोमबार १८:१८ ३० फाल्गुन २०७८, सोमबार १८:१८

भद्रपुर ३०, फागुन । घरेलु टोली झापा ११ ले फेरि झापालीलाई निराश बनाएको छ ।

आज डोमालाल राजवंशी रंगशालामा भएको पाँचौ झापा गोल्डकपको फाइनलमा चौथो पटक पनि झापा ११ त्रिभुवन आर्मीसंग पराजित हुन पुगेको छ । तीन पटक फाइनलमा भिडेर उपविजेतामा सीमित झापा ११ यसपटक उपाधि हत्याउन उच्च मनोबलका साथ आज चौथो पटक त्रिभुवन आर्मीसँग भिडेको थियो । तर, झापालीलाई खुशी दिन सकेन । अन्ततः झापा ११ ,आर्मीसंग २–१ ले पराजित भयो र उपविजेतामा चित्त बुझाउन बाध्य भयो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र कप्तान जर्ज प्रिन्स कार्कीले हाफ टाइम पूर्व नै दुई गोल गरे भने झापाका लागि एक गोल विमल घर्ती मगरले फर्काएका थिए । दोस्रो हाफमा दुवै टीमले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन्।
पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेता आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापाले ६ लाख पाँच हजार रुपैयाँ नगद पाएको छ । प्रतियोगिताको आजको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *