भद्रपुर २७ पुस / भद्रपुर नगरपालिकाको वडास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि वडा नं. १० ले उचालेको छ।भद्रपुर नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रथम वडा स्तरीय महिला उपमेयर कप भलिबल प्रतियोगिता-२०७८ को उपाधि १० नं. वडाले उचालेको हो। एक नं. वडालाई सोझो सेटमा पराजित गर्दै १० नं. वडाले नगद रू. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा पराजित भएको एक नं. वडाले वडास्तरीय भलिबल प्रतियोगितामा दोस्रो भएर नगद रू. १५ हजार र कप प्रमाण पत्रमा चित्त बुझाएको छ। पुस २५ गतेबाट मेची रंगशालामा जारी प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिता-२०७८ को फाईनल खेल तथा पुरष्कार बितरण समारोह तालिका अनुसार नै राष्ट्रिय एकता दिवसको दिन आजै सम्पन्न भएको हो। मेची रंगशालामा नगर खेलकुद बिकास समिति भद्रपुरका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठ ,उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायत जनप्रतिनिधि र खेल प्रेमीहरूको उपस्थितिमा विजेता-उपविजेतालाई पुरस्कृत गरिएको थियो । नगर नृत्य शिक्षक कृति राईले संचालन गरेको भलिबल प्रतियोगिताको समापन कार्यक्रममा स्वागत मन्तब्य नगर खेलकुद बिकास समितिका ओसदस्य गोपालप्रसाद मैनालीले गर्नुभएको थियो भने नगर प्रमुख श्रेष्ठ र उपप्रमुख श्रेष्ठले विजेता -उपविजेतालाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो। Post Views: 293 Post navigation बढ्यो कोरोना कहर/सार्वजनिक स्थानमा 25जना भन्दा बढी भेला हुन बन्देज,भेला महोत्सवमा रोक कोभिड-१९ को बढ्दो प्रभावः२५ जना र भन्दा बढी भेला हुन रोक
विर्ता बजारमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको दिन लाग्ने मेलामा स्थानाभाव भएपछि सडकमै सन्थाल नृत्य २६ आश्विन २०८१, शनिबार २०:३७