• Fri. Oct 18th, 2024

भद्रपुरमा प्रथम मेयर सडक दौड प्रतियोगिता

BySaptahik Samachar

२५ पुष २०७८, आईतवार १४:२० २५ पुष २०७८, आईतवार १४:२० २५ पुष २०७८, आईतवार १४:२०

भद्रपुर २५ पुस/ भद्रपुरमा सञ्चालित वडास्तरीय महिला तथा पुरुष प्रथम मेयर सडक दौड प्रतियोगिता २०७८ का सफल खेलाडीहरुलाई सम्मान गरिएको छ ।आज आइतबार विहान भद्रपुर -१ को हिमाली चोक र भद्रपुर-४ को ज्ञानेचोकबाट शुरु भई भद्रपुर नगरपालिका भवनमा समापन भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई सम्क्षिप्त कार्यक्रमका बिच आजै सम्मान गरिएको हो ।

वडा वडाबाट छनौट भई सहभागी हुन आएका पुरूष प्रतिष्पर्धीले १०किलोमिटर र महिला प्रतिष्पर्धीले ५ किलोमिटरको दूरी तय गरेका थिए।
प्रतियोगितामा बिजयी हुने महिला तर्फ भद्रपुर-२ की सुस्मिता राई- प्रथम,भद्रपुर-८ की झरना श्रेष्ठ द्वितीय र भद्रपुर -२ की बिन्दा राई- तेस्रो र सुस्मिता लिम्बु-चौथो तथा भद्रपुर-३की लक्ष्मी मर्डी पाँचौ हुनुभएको थियो। त्यस्तै,पार्वती टुडु भद्रपुर-३ छैटौ, युनिसा पराजुली भद्रपुर-४ सातौ,संगिता किस्कु भद्रपुर-१ आठौँ ,रिया बराल भद्रपुर-२ नवौं र गंगा मुर्मु भद्रपुर -३ दशौ भएर पुरस्कृत भएकी छन् ।

त्यसैगरी पुरुष तर्फ भद्रपुर-१ का आकाश बिक प्रथम , भद्रपुर -७ का लुखिराम हस्दा दोश्रो, भद्रपुर-४ का हप्ना टुडु तेश्रो,भद्रपुर – १ का चन्द्रमान राई चौथो र भद्रपुर-१० का क्रिजन भण्डारी पाँचौ भई पुरस्कृत भएका छन्। छैठौ बिशाल लिम्बु भद्रपुर-४ ,सातौ महेश परियार भद्रपुर-१ ,आठौ सुसन तामाङ भद्रपुर-९ ,नवौँ सुनिराम हेमरम भद्रपुर-९ र दशौ बिजय किस्कु भद्रपुर-३ लाई पुरस्कृत तथा सम्मान गरिएको छ।
प्रतियोगिताका विजेता प्रथम, द्वितीय,तृतीय, चौथो र पाँचौंलाई क्रमशः १०हजार,७हजार,५हजार, ३हजार, २हजार र दशौ स्थानसम्मका अन्यलाई १/१हजार नगद प्रदान गरिएको थियो।
नगर खेलकुद बिकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षता तथा संरक्षक नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

भद्रपुर नगरपालिकाले वडास्तरीय दोस्रो मेयर कप कपर्दी पुरूष महिलाको अलग अलग प्रतियोगिता र प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको समेत आयोजना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *