भद्रपुर, १४ कात्तिक /नेपाल भारत मैत्री संघले भद्रपुर-५स्थित मेची किनारमा बसोबास गर्दै आएका बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । मैत्री संघको केन्द्रीय कार्यालयले यही कार्तिक पहिलो साता आएको अविरल वर्षाका कारण उत्पन्न बाढीले डुवानमा परेका ५६ परिवारलाई खाद्यान्न वितरण गरेको हो । संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षता तथा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष तथा प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका प्रदेश १ अध्यक्ष टीकाराज ढकाल, उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघ केन्द्रीय उपाध्यक्ष शैलेन्द्रकुमार झा, केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी, संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की लगायतले सहयोग वारे मन्तव्य राख्दै १लाख५०हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको जनाइएको छ । राहत सामग्री वितरण कार्यक्रमको सञ्चालन संघका सचिव गणेश पोखरेलले गर्नुभएको थियो। Post Views: 289 Post navigation भद्रपुर गलगलिया नाकाबाट सवारी आवागमन शुरू सहारा साकोसको चन्द्रगढी एकाईको साधारण सभा सम्पन्न
भद्रपुरमा सञ्चालित मौखिक प्रतिस्थापन केन्द्र’ओ एस टी.’मा १ सय २० जना छन्-औषधि प्रयोगकर्ता ४ मंसिर २०८१, मंगलवार ०६:३६