• Thu. Apr 24th, 2025

चन्द्रगढी विमानस्थलमा ह्वीलचेयरको दुरुपयोगः फोहोर उठाउन प्रयोग

BySaptahik Samachar

१४ आश्विन २०७८, बिहीबार ०९:१८ १४ आश्विन २०७८, बिहीबार ०९:१८ १४ आश्विन २०७८, बिहीबार ०९:१८

भद्रपुर १४असौज / भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा राखिएका ह्विलचेयर फोहोरमैला उठाउने साधनको रुपमा प्रयोग भइरहेको छ। विमानस्थलमा अपाङ्ग, अशक्त र बिरामी हवाई यात्रुको सुविधाका लागि राखिएको ह्विलचेयर दुरुपयोग भइरहेको खुलासा भएको छ।
चन्द्रगढी विमानस्थलमा रहेको ह्विलचेयरलाई त्यहाँ कार्यरत विमान कम्पनीहरूका कर्मचारीले फोहोरमैला उठाउने साधनका रुपमा प्रयोग गरेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भए पछि यसले चर्चा पाएको हो।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका राष्ट्रिय अध्यक्ष धनजुजु श्रेष्ठले नै ह्विलचेयर फोहोर उठाउने काममा प्रयोग भएको देखेर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको हो।

फरक क्षमता भएका, अशक्त, बृद्ध-बृध्दा र रोगीहरूको लागि राखिएको ह्विलचेयरमा फोहोर उठाउने काम भएकोप्रति उहाँले घोर आपत्ति जनाउनु भएको छ। अध्यक्ष श्रेष्ठले भन्नुभयो , ‘विमानस्थलमा राखिएको ह्विलचेयरको दुरुपयोग हुनु निन्दनीय छ, यस्तो कार्य तुरुन्त बन्द गरिनुपर्छ।’

35 thoughts on “चन्द्रगढी विमानस्थलमा ह्वीलचेयरको दुरुपयोगः फोहोर उठाउन प्रयोग”
  1. Эта статья предлагает захватывающий и полезный контент, который привлечет внимание широкого круга читателей. Мы постараемся представить тебе идеи, которые вдохновят вас на изменения в жизни и предоставят практические решения для повседневных вопросов. Читайте и вдохновляйтесь!
    Разобраться лучше – https://narko-zakodirovat1.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *