साप्ताहिक समाचारदाताभद्रपुर ८, भदौ /विर्तामोड खोप काण्ड भनेर चर्चित घटनामा दोषी ठहर भएका कर्मचारीलाई कारबाही गर्न झापा प्रशासनले सिफारिस गरेको छ। जिल्लास्थित कोभिड व्यवस्थापन समिति (डिसीएमसी ) झापाको मंगलबार बसेको बैठकले विर्तामोड खोप काण्डमा भएको लापरवाही र त्रुटी गर्ने व्यक्तिलाई कारवाहीका लागि सामाजिक विकास मन्त्रालय प्रदेश–१ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंमा सिफारिस गरी पठाउने निर्णय गरेको हो।झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले होटल जस्तो संवेदनशील ठाउँमा कोरोना विरुद्धको १०३ भायल भेरोसील खोप शंकास्पद अवस्थामा भेटिनु गम्भीर लापरवाही र त्रुटीपूर्ण भएको ठहर गर्दै छानवीन समितिको प्रतिवेदनसहित कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।गत साउन १५ गते १०३ भायल खोप विर्तामोडस्थित टायमलेस मुभमेन्ट होटलमा शंकास्पद अवस्थामा फेला परेको थियो । सो खोप काण्डमा विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन ओमबहादुर खड्काको संलग्नतासहित खोप व्यवस्थापनमा गम्भिर लापरवाही र त्रुटी देखिएको प्रतिवेदन सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको छानविन समितिले सोमबार सार्वजनिक गरेको थियो ।एकसातामा प्रतिवेदन सार्वजनिक गर्ने भनिएपनि रिमाल नेतृत्वको छानविन समितिले तीनसातापछि सार्वजनिक गरेको प्रतिवेदनको आधारमा कारबाहीको सिफारिस गरिएको हो । Post Views: 407 Post navigation भेरोसिलको दोस्रो डोज खोप लगाउने मिति तय रेडक्रस भद्रपुरको मास्क वैंक कार्यक्रम स्थगित
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९