भद्रपुर २६ भदौ / झापाको कचनकवलस्थित वनियानी स्वास्थ्य केन्द्र र मेची प्रादेशिक अस्पताल भद्रपुरलाई पच्चीसौं लाख मूल्य पर्ने विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
हिमानी काेष झापाकी अगुवा पुनम सिंह राजवंशीकाे पहलमा अन्तर्राष्ट्रिय सहयाेगी संस्था “सेवा क्यानडा” तथा पाेखरा केन्द्रित सामाजिक संस्था “युथ फर सेवा” काे सहयाेगमा दुवै स्वास्थ्य संस्थालाई शुक्रवार ती सामग्री हस्तान्तरण गरिएको हो।
राजवंशीका अनुसार वनियानी स्वास्थ्य केन्द्रलाई भेन्टिलेटर, पाेर्टेवल एक्स-रे, पिपिई सेट, सेनिटाइजर, सर्जिकल माक्स, अक्सिजन माक्स, ग्लाेब, एन. 95 माक्स, अक्सिमिटर, थर्मगन, लगायत लगभग नेपाली रूपैयाँ अठार लाख मूल्य बराबरकाे स्वास्थ्य सामग्री उपलब्ध गराइएकाे छ। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अनजरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका अध्यक्ष रवि चन्द्र ओझा, युथ फर सेवाका अध्यक्ष असिल कुमार शाही, उपाध्यक्ष पर्शुराम भण्डारी, महासचिव प्रेम साकार, सचिव छेवाङ कर्मा तामाङ, काेषाध्यक्ष गाेपाल गाैतम, सदस्यहरू सागर पनेरू, सन्दिप माझी, बलराम कालिकाेटे, बिष्णु काफ्ले र श्यामदास कुँवर समेतकाे उपस्थिति रहेकाे थियाे।
त्यसैगरी, मेची अञ्चल अस्पताल, भद्रपुरलाई आई. भि. स्टेण्ड, बेड साइड लकर, पि.पि. ई. सेट, सर्जिकल माक्स, सेनिटाईजर, ग्लाेभ्स, अक्सिजन माक्स, नसल क्यानल, अक्सिजन रिजर्भ ब्याग, फ्लाे मिटर लगायतका करिब सात लाख मूल्य बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक प्रसाद बारकाेटीलाई अस्पतालमै पुगेर ती सामग्रीहरू हस्तान्तरण गरिएकाे सामाजिक अगुवा पुनम सिंह राजवंशीले बताउनु भयाे। सामग्री हस्तान्तरण कार्यक्रममा मेची अञ्चल अस्पतालका शाखा अधिकृत रेखनाथ दाहाल, फार्मेसी अधिकृत दुर्गा बहादुर राजभण्डारी लगायतको सहभागिता रहेकाे थियाे।
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Hem web tasarımı hem kullanıcı deneyimi açısından site çok iyi. Ankara escort hizmetleri bu kadar profesyonel verilmemişti.
Çankaya Escort kategorisindeki çeşitlilik ve kalite gerçekten çok etkileyici. En doğru seçim!
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.