• Wed. Apr 23rd, 2025

हल्दिबारीको ढडुवा बजार व्यवस्थित गरिने

BySaptahik Samachar

११ फाल्गुन २०७९, बिहीबार ०७:५५ ११ फाल्गुन २०७९, बिहीबार ०७:५५ ११ फाल्गुन २०७९, बिहीबार ०७:५५

व्यवस्थापन समिति गठन

भद्रपुर ११,फागुन / झापा हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको ढडुवा बजार व्यवस्थापनका लागि नयाँ बजार समिति गठन भएको छ।
हल्दिबारी-३ नम्बर वडा कार्यालयको पहलमा भएको भेलाले नगेन्द्र आङ्बोको अध्यक्षतामा समिति गठन गरेको वडा अध्यक्ष बिष्णुप्रसाद ओलीले बताउनु भएको छ। नवगठित समितिको उपाध्यक्षमा तुलसा आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शिव रसाइली र सहसचिवमा पार्वता भट्टराई चयन हुनुभएको छ । त्यस्तै समितिका सदस्यहरुमा गोपाल न्यौपाने ,कमल ओली, विक्रम भुजेल र स्नेहा झा चयन हुनुभएको छ । 
बजार समितिले सल्लाहकार समिति बण्डा मेचेको संयोजकत्वमा ,महेश मेचे,बोधकृष्ण पौडेल र सीता सिग्देल सदस्य रहने गरी सल्लाहकार समेत गठन गरेको बुझिएको छ।
प्रत्येक सोमबार हाट बजार लाउने ,बजारको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने,सरसफाइ गर्ने लगायत बिषयमा बजार समितिले सक्रियताका साथ काम गर्ने स्थानीयहरुले बताएका छन्

2 thoughts on “हल्दिबारीको ढडुवा बजार व्यवस्थित गरिने”
  1. I’m really inspired along with your writing
    talents as well as with the layout in your blog.
    Is this a paid topic or did you modify it yourself?
    Either way keep up the excellent high quality writing, it is rare to peer a
    nice blog like this one today. Stan Store!

Leave a Reply

Your email address will not be published. Required fields are marked *