• Fri. Nov 21st, 2025

स्वर्गद्वारीको साधारण सभा सम्पन्न

BySaptahik Samachar

२१ भाद्र २०८२, शनिबार १५:३२ २१ भाद्र २०८२, शनिबार १५:३२ २१ भाद्र २०८२, शनिबार १५:३२

भद्रपुर २१, भदौ / स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुरले आर्थिक वर्ष २०८१/०८२ मा २ लाख ३७ हजार ५३ नाफा आर्जन गरेको छ। सहकारीको १२औं साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा वितरण योग्य नाफा देखाइएको छ।
९४७ जना सदस्य रहेको कृषि सहकारी संस्थाको आज सम्पन्न साधारण सभाबाट वार्षिक प्रतिवेदन तथा आयव्यय विवरण प्रतिवेदन पारित भएको थियो। साधारण सभामा उत्कृष्ट बचतकर्ता बिनादेवी नेपाल र उत्कृष्ट ऋणी सदस्य विष्णु राजवंशीलाई सम्मान गरिएको थियो।
  भद्रपुर नगरपालिकाका वडा नं. ८ का वार्ड अध्यक्ष गौरव सुब्बा मनोजले साधारण सभाको उद्घाटन गर्नुभएको थियो।

सहकारीका अध्यक्ष गोपालबहादुर थापाको सभापतित्वमा भएको साधारण सभामा प्रमुख अतिथि वडाध्यक्ष सुब्बा,भद्रपुर नगर सहकारी शाखाका अधिकृत नेत्रप्रसाद पोखरेल, छिमेकी सहकारीका गोपालप्रसाद श्रेष्ठ उर्मिला गौतम ,नारायण चम्लागाई र नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महतले शुभकामना मन्तव्य राख्नुभएको थियो। रुद्र दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष सुरेन्द्र खत्रीले राख्नुभएको थियो।

9 thoughts on “स्वर्गद्वारीको साधारण सभा सम्पन्न”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *