गोपाल गिरी /भद्रपुर सूर्य उपासनाको महापर्व छट हिजोदेखि सुरु भएको छ। पर्वको सुरूको दिन शुक्रबार हिजो ब्रतालुले अरवा, अरबाइन अर्थात् ‘नहाय-खाय’ विधि गरेका छन्। साथै,शुक्रबारनै नदी, तलाउ, कुवा, पोखरीका किनारमा पूजा गरिने स्थानको सरसफाई पनि गरेका छन्।
झापाको भद्रपुर छट पूजा गरिने पूर्वकै प्रशिध्द स्थल हो यहाँको मेची नदी किनारमा निकै लामो घाट निर्माण गरी मैथिली समाज झापा र युनिक क्लव भद्रपुरले व्यवस्थापन गरेका छन्। भद्रपुरमा नेपाल र भारत दुवै देशका श्रध्दालुले पूजा अर्चना गर्ने गर्दछन्।
छट पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। ब्रतालुले आज शनिबार खरनाको विधि गरेका छन्। तिथिका हिसाबले गरिने यो ब्रतमा पञ्चमीको दिन नुहाएर शरीर चोखो पारी दिन भर निराहार बसेर साँझपख सख्खरमा अरूवा चामलको खीर पकाएर चन्द्रमा, कुल देवता र छटी माईलाई चढाउने र त्यसैलाई प्रसादस्वरूप खाने धार्मिक चलन छ। यसैलाई खरना भनिन्छ।
भोलि षष्ठी तिथिका दिन पनि निराहार ब्रत बसेर साँझ पख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुवाएर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। साँझमा घाटमा गई पूजा गर्ने भएकाले यसलाई सझिया घाट भनिन्छ।
यसको भोलि पल्ट अर्थात् सप्तमी तिथिमा विहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छट पर्व सम्पन्न हुने परम्परा छ।
छटको ब्रत बस्दा अत्यन्तै चोखो नितो, संयम र निष्ठापूर्वक ब्रह्मचर्य धर्मको पालन गर्नुपर्ने नत्र ब्रतको फल पाइदैन भनिन्छ। त्यसैले छट पर्वको ब्रतलाई कठिन ब्रतको रूपमा लिइन्छ।
छटमा विशेष गरी प्रकृतिको छैटौ अंशबाट उत्पन्न भएकी भगवती देवी छटी मैयाको पूजा गरिन्छ। देवी भागवतमा छटी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नहुनेलाई धन यश, ऐश्वर्य प्रदान गरेको कथाहरू उल्लेख छ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.