भद्रपुर २२,पुस /साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ। विहीबार थुनछेक बहस पछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो। उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती’गोरे’का भाई हुन्।मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेश पछि विहीबार नै धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले बताउनुभयो।सुन तस्करी प्रकरणका अभियुक्तहरूले सफाई पाउने र धरौटीमा छुट्ने भएपछि युएईमा रहेका उप्रेती मंगलबार नेपाल आएका थिए। उनलाई प्रहरीले सोही दिन पक्राउ गरी बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको थियो। Post Views: 367 Post navigation गौतम बुद्धको वार्षिकोत्सवः प्रअ. मानीको विदाई र सम्मान नेपालकै होचो स्थल कचनकवलमा निःशुल्क स्वास्थ्य शिविर /चार सय बढी लाभान्वित
अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा २२ माघ २०८१, मंगलवार ०५:३८