इटहरी – सुनसरी४ असोज /विभिन्न रोग विरुद्ध प्रतिरोधी क्षमता बढाउने सजिवन,शीतल चिनी, ड्रम स्टीक आदि नामले चिनिन ‘मोरिङ्गा’, को सुनसरीमा व्यावसायिक खेती सुरु गरिएको छ। सानो रूपमा परीक्षणका लागि शुरू गरिएको मोरिङ्गा खेती तरकारी उत्पादन प्रयोजनका लागि गरिएको हो। मोरिङ्गालाई सितल चिनीका रुपमा लिइन्छ। मोरिङ्गा बहुउपयोगी तरकारीजन्य वनस्पति हो’,यसको पात, फल, फूल, जरा सबै उपयोगी हुने र विभिन्न रोगको औषधिको लागि प्रयोग गरिने विज्ञहरू बताउँछन्। त्यसैले अहिले यसको लोकप्रियता बढिरहेको छ। दूधभन्दा यो वनस्पतिमा १४ गुणा धेरै पौष्टिक तत्व पाइन्छ भने पातको चिया अति उत्तम हुन्छ। फूल पनि खान हुन्छ। फलको तरकारी हुन्छ। जरा पनि सखरखण्ड झैं खान सकिन्छ। त्यसैले यसलाई मिराकल वनस्पति पनि भनिन्छ। सुनसरी जिल्लाको इटहरी उपमहानगर पालिका वडा नं. १९ को भवानीपुर खोरियामा हाल लगभग १५ कठ्ठा जग्गामा भारतबाट बिउ ल्याएर व्यावसायिक खेती सुरु गरिएको सञ्चालक गजेन्द्र गिरीले बताए । गत चैत महिनामा लगाएको विरुवामा अहिले फूल फुल्न थालेको छ। त्यहाँ बिरुवा पनि पाइन्छ। चाहिनेले बुकिङ्ग गर्दा हुन्छ ।उनका अनुसार त्यहाँ अत्यन्तै उत्पादनशील ओडिसी जातको विरूवा छ। उनले लगाएको ६ महिनामै फुल्न थालेको हो।सम्पर्कका लागि 9862355431. इटहरी। Post Views: 414 Post navigation फ्र्यांकफर्ट विमानस्थलमा ५ दर्जन नेपाली पक्राउ भद्रपुरका जुवाडे दमकमा पक्राउ
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९