
भद्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भीम केरुङ्को प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष जगत वाग्लेको अध्यक्षतामा कार्यक्रम भएको हो। संस्थाको कार्य बारे साना हातहरु नेपालका स्टेशन म्यानेजर बिक्रम वाग्लेले प्रष्ट पार्नु भएको कार्यक्रममा स्वागत मन्तव्य इन्द्र बिस्टले र संचालन अनिल लिम्बूले गर्नु भएको थियो
कार्यक्रममा भद्रपुर वडा नम्बर एकका वडा अध्यक्ष दशरथ प्रधान र पूर्ब डिएसपी. तथा जेष्ठ नागरिक भद्रपुरका उपाध्यक्ष धनपति शिवाकोटीले मन्तव्य राख्नुभएको थियो ।
अधिबक्ता उमा कार्की ,वडा प्रहरी भद्रपुरका प्रहरी प्रमुख दलकुमार राई र भद्रपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख जिवनकला राउतले प्रशिक्षण दिनु भएको कार्यक्रममा १२० जना सहभागी रहेको जनाइएको छ ।
Your article helped me a lot, is there any more related content? Thanks!