• Sun. Nov 23rd, 2025

सात महिना यता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी

BySaptahik Samachar

१४ चैत्र २०८०, बुधबार १६:२१ १४ चैत्र २०८०, बुधबार १६:२१ १४ चैत्र २०८०, बुधबार १६:२१

भद्रपुर १४, चैत / नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठुलो सहकारी संस्थामा पर्न सफल भएको छ ।

कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा नेपाल नेपालकै ठुलो संस्थाको रुपमा स्थापित भएको हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ ।

सहारामा आबद्ध सदस्यहरुको संख्या १ लाख ६९ हजार १९२ जना रहेको छ । २०८० फागुन मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ६ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

संस्थाको सेयर पुँजी १ अर्ब ६८ करोड ११ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब १९ करोड ७४ लाख, लगानी १० अर्ब ८१ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख (७.९५ प्रतिशत) र विभिन्न कोषमा ४५ करोड ४६ लाख रहेको छ । संस्थासँग ३२.१० प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३७ जनाले कर्जा लिएका छन् ।

संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण शून्य छ । संस्थाले गत भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

यसअघि साउन महिनाको विवरणअनुसार सहाराको बाह्य ऋण १ दशमलव ६३ प्रतिशत रहेको थियो । संस्थाको २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको थियो ।

49 thoughts on “सात महिना यता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *