• Wed. Sep 3rd, 2025

सहारा साकोसद्वारा भत्ता वितरण

BySaptahik Samachar

२३ आश्विन २०७८, शनिबार १४:१४ २३ आश्विन २०७८, शनिबार १४:१४ २३ आश्विन २०७८, शनिबार १४:१४

भद्रपुर २३असौज/सहारा बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल शेयर सदस्य तथा जेष्ठ नागरिकलाई भत्ता वितरण गरेको छ। प्रत्येक बर्ष झैं सो साकोसको चन्द्रगढी सेवा केन्द्रले आज एक कार्यक्रमका बीच १८ जनालाई भत्ता स्वरूप ८/८ हजार नगद प्रदान गरेको हो।
सहारा साकोसको चन्द्रगढी सेवा केन्द्रका व्यवस्थापन समितिका संयोजक खेमराज गिरीको अध्यक्षता र भद्रपुर नगरपालिकाको १० नं. वडा अध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रत्येक महिलालाई हाते ब्याग र नगद प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष खड्का, नागरिक एफएमका समाचार सम्पादक गोपाल गिरी र भत्ता ग्रहण गर्नु हुने लीला भूर्तेलले मन्तव्य राख्नुभएको कार्यक्रममा चन्द्रगढी सेवा केन्द्रकी कार्यालय प्रमुख कल्पना मिश्रले स्वागत सहित केन्द्रको गतिविधि र अनुगमन अधिकृत गोमा बस्नेतले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो। सेवा केन्द्रको व्यवस्थापन समितिका सदस्य इश्वरी दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो। सहारा साकोसले भोलि चारपाने स्थित केन्द्रीय कार्यालयमा भत्ता वितरणको वृहत् कार्यक्रम आयोजना गरेको छ।

6 thoughts on “सहारा साकोसद्वारा भत्ता वितरण”
  1. Эта статья предлагает живое освещение актуальной темы с множеством интересных фактов. Мы рассмотрим ключевые моменты, которые делают данную тему важной и актуальной. Подготовьтесь к насыщенному путешествию по неизвестным аспектам и узнайте больше о значимых событиях.
    Узнать больше – https://vyvod-iz-zapoya-1.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *