• Wed. Nov 19th, 2025

सहाराद्वारा चन्द्रगढी सेवा केन्द्रकी एक सदस्यको र ऋण मिनाहा

BySaptahik Samachar

२१ श्रावण २०८२, मंगलवार १६:४९ २१ श्रावण २०८२, मंगलवार १६:४९ २१ श्रावण २०८२, मंगलवार १६:४९

भद्रपुर २०, साउन / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चन्द्रगढी सेवा केन्द्रले एक सदस्यको १ लाख २० हजार ऋण मिनाहा गरेको छ। संस्थाको चन्द्रगढी सेवा केन्द्र अन्तर्गतकी समूह सदस्य यमुना रिमाल मिश्रका पति मुक्तिनाथ मिश्रको निधनपछि उहाँले तिर्नु पर्ने १ लाख २० हजार कर्जा मिनाहा गरिएको चन्द्रगढी सेवा केन्द्रका प्रमुख सुदिप खड्काले जानकारी दिनुभयो।

घर मुलीकै निधन भएर परिवारको गर्जो टार्न नसक्ने अवस्थाका सदस्यको अवस्था हेरेर सहाराले त्यस्ता ऋणीको कर्जा मिनाहा गर्दै आएको छ। कार्यालय प्रमुख खड्काले परिवारका अभिभावककै निधनले परिवार धान्न समस्या उत्पन्न भएपछि संस्थाले ऋण मिनाहा गरेको बताउनुभयो।      

अभिभावकको मृत्युले परिवारमा संकट भइरहेको बेला सहाराले ऋण मिनाहा गरेर आफूहरुलाई सहारा दिएको बताउँदै ऋणी यमुना रिमालले ऋण बोझ भइरहेको र  नानी पढाउन पनि नसक्ने अवस्थामा ऋण मिनाहा गरिदिएकोमा संस्थाप्रति आभार व्यक्त गर्नु भएको छ।

11 thoughts on “सहाराद्वारा चन्द्रगढी सेवा केन्द्रकी एक सदस्यको र ऋण मिनाहा”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Hello! This is my first visit to your blog! We are a collection of volunteers and starting a new project in a community in the same niche. Your blog provided us valuable information to work on. You have done a outstanding job!

Leave a Reply

Your email address will not be published. Required fields are marked *