• Fri. May 30th, 2025

सर्वसुलभ सहकारीको सातौँ साधारण सभा सम्पन्न : दीपक पोखरेल पुनःअध्यक्षमा सर्वसम्मत

BySaptahik Samachar

११ जेष्ठ २०८२, शनिबार १६:४१ ११ जेष्ठ २०८२, शनिबार १६:४१ ११ जेष्ठ २०८२, शनिबार १६:४१

भद्रपुर १०, जेठ / झापा, भद्रपुर-८ मा रहेको सर्वसुलभ वचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।दीपक पोखरेलको अध्यक्षतामा स्थानीय नेपाल सामुदायिक विकास केन्द्र (NCDC)-को सभा हलमा आज साधारण सभा सम्पन्न भएको हो।
    भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको साधारण सभाले अध्यक्ष पोखरेलकै अध्यक्षतामा सञ्चालक समिति पुनर्गठन गरेको छ।

पुनर्गठित समितिको उपाध्यक्ष, सचिव,कोषाध्यक्ष र सहसचिवमा क्रमश. नितेश वर्मा,मनोज दाहाल, रामहरि खतिवडा र योगेन्द्र ढुङ्गाना रहनु भएको छ भने सदस्यहरुमा तोया गड्तौला,बुद्धीराज कोइराला,निर्मला खतिवडा र रविन राजवंशी हुनुहुन्छ।
साधारण सभाले टीकाराज ढकाल, दीपेश ढकाल, गौरव सुब्बा ‘मनोज’, अभिषेक ढुंगाना,जीवनकुमार श्रेष्ठ र आनन्द खतिवडा रहेको सल्लाहकार समिति चयन गरेको छ भने दीप पौडेलको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ।
  यसअघि साधारणसमाको उद्‌घाटन सत्रमा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, ८ नं वडा अध्यक्ष गौरव सुव्वा मनोज, भद्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले सहकारीको आवश्यक्ता र व्यवस्थित सञ्चालनका विषयमा प्रकाश पार्नुभएको थियो ।

अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफूले जिम्मा लिएको छोटो अवधिमै यसले नाफा आर्जन गर्न थालेको बताउँदै उहाँले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोवार गर्न पनिआग्रह गर्नुभयो। उपाध्यक्ष दीप पौडेलले सञ्चालन गरेको साधारण सभामा व्यवस्थापक अर्जुन दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो।

4 thoughts on “सर्वसुलभ सहकारीको सातौँ साधारण सभा सम्पन्न : दीपक पोखरेल पुनःअध्यक्षमा सर्वसम्मत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *