भद्रपुर १असौज । सरकारले असोज३ गते आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । देशले इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते सम्विधान पाएको दिनको सम्झनामा सम्विधान दिवस मनाउन थालिएको हो। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो । २०७२ सालमा जारी भएको संविधानको रक्षार्थ सबै दल मिलेर अगाडि बढ्नुपर्ने खाँचो यद्यपि आज पनि टड्कारो छ। Post Views: 265 Post navigation कांग्रेस नेतृत्वको सरकारले बनायो सुकुम्वासी आयोग मेची सीमामा फहरायो राष्ट्रिय झण्डा
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९