भद्रपुर ०७ मंसिर /नेपाली कांग्रेसकाे १४ ओैं महाधिवेशनको लागि भएको प्रतिनिधि सभा क्षेत्रको अधिवेशनबाट निर्वाचित क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन परिणाम प्राप्त भएको छ।प्राप्त भएको परिणाम अनुसार झापाको ५वटा क्षेत्रमा क्रमशः १ नम्वरमा इन्द्रबहादुर बुढाथोकी,२ मा खगेन्द्र मैनाली, ३ मा गणेश पाेखरेल, ४ मा जयनारायण शाह र ५ नम्वर क्षेत्रमा ढुण्डीराज भण्डारी सभापति पदमा विजयी हुनुभएको छ।पछिल्लो परिणाम अनुसार झापाको ३नं.क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा महिला तर्फ उर्मिला कुमारी गौतम, तारादेवी वाराकोटी, लता कार्की र शर्मिला अधिकारी तथा महाधिवेशन प्रतिनिध खस आर्यमा टिकाराज ढकाल र कृष्ण प्रसाद प्रसाईं विजयी हुनुभएको छ ।३नं.क्षेत्रकै आदिवासी जनजाति खुला महाधिवेशन प्रतिनिधिमा खड्गप्रसाद राजवंशी , डम्वरसिंह सिगु र मनोज सुव्वा’गौरव’ तथा मधेशी कोटा एकमा ओम प्रकाश सरावगी विजयी वन्नु भएको छ।त्यसैगरी जगतवहादुर वस्नेत, दयानन्द गोश्वामी, नवीन विमली, विजय रिजाल, भगीरथ कुमार पोद्दार, भूमिप्रसाद राजवंशी, मोहन महर्जन , राम प्रसाद दुलाल, श्यामप्रसाद सिटौला र सीताराम खड्काले महाधिवेशन प्रतिनिधिको १० जनामा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ ।देशै भरको हिजो भएको प्रतिनिधिसभा स्तरीय क्षेत्रीय निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । परिणाम अनुसार ३ न क्षेत्रको सचिव पदमा गीताप्रसाद भट्टराई र भूपाल वस्नेत विजयी हुनुभएको मतदान अधिकृतले जानकारी दिनुभयो । Post Views: 351 Post navigation सन्दर्भःनेपाली कांग्रेसको १४औं महाधिवेशन/झापा ३नं.क्षेत्रमा को को उम्मेद्वार सरकारी तलव खाने कर्मचारी /शिक्षकले राजनीतिक दलको समितिमा बस्न नमिल्ने निर्वाचन आयोग निर्णय
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९