• Sun. Sep 8th, 2024

सन्दर्भ-जितिया पर्वः भद्रपुरमा मधेसी महिला मैथिली समाजको गठन

BySaptahik Samachar

३१ भाद्र २०७९, शुक्रबार १९:०७ ३१ भाद्र २०७९, शुक्रबार १९:०७ ३१ भाद्र २०७९, शुक्रबार १९:०७
भद्रपुर / झापाको भद्रपुरमा भेला भएका मैथिली भाषी महिलाहरूको भेलाले विभा ठाकुरको अध्यक्षतामा मधेसी मैथिली महिला समाजको गठन गरेको छ।
मधेसी महिलाहरूको महत्त्वपूर्ण चाड जितिया पर्वको सन्दर्भमा भद्रपुर-८ को नेपाल सामुदायिक विकास केन्द्रमा भएको भेलाले १५ सदस्यीय कार्य समिति सर्वसम्मतरूपमा गठन गरेको हो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र कार्यक्रम संयोजक बिनादेबी झाको अध्यक्षतामा भएको भेलाले कुमारी स्वर्णिका सिंहलाई उपाध्यक्ष, विभा पासवानलाई सचिव, देवसुरैना महतोलाई सहसचिव र नुतन झालाई कोषाध्यक्षमा चयन गरेको छ।
त्यस्तै सदस्यहरूमा रञ्जु झा, आशादेवी चौधरी, रेखा यादव, ललिता यादव, देव सुन्दरी महतो र सुनिता दास हुनुहुन्छ। अन्जना सिंह, सोनमाया यादव, निर्मला गुप्ता, र इन्जु झा पनि सदस्य रहनु भएको मैथिली समाज झापा, भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *