• Sat. Oct 11th, 2025

श्रेष्ठ भद्रपुर साइकल समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित

BySaptahik Samachar

१८ श्रावण २०८२, शनिबार २०:५७ १८ श्रावण २०८२, शनिबार २०:५७ १८ श्रावण २०८२, शनिबार २०:५७

भद्रपुर १७, साउन / भद्रपुर साइकल समाजको अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ।
भद्रपुर झापा गोल्ड कपका अध्यक्ष एवम् समाजसेवी दिपेश ढकालको प्रमुख आतिथ्य र तदर्थ समितिका अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार भएको प्रथम साधारणसभाले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

  सर्वसम्मत निर्वाचित कार्य समितिको उपाध्यक्षमा- जितेन्द्रकुमार शर्मा ,सचिव- प्रबेश न्यौपाने,कोषाध्यक्ष- देबीबहादुर श्रेष्ठ,सहसचिव- सुजित राई र सदस्यहरुमा- बेनामहाङ योङहाङ,युवराज लावती,मुकेशकुमार दाहाल र उज्वल श्रेष्ठ रहनु भएको छ।
  भद्रपुर झापा गोल्डकपको सचिवालय,मेची रंगशालामा सम्पन्न साधारण सभाले यसअघि गठित तदर्थ समितिलाई नै कार्यसमितिमा सर्वसम्मत चयन गर्दै बिनियम २०८२ अनुसार थप दुईजना सदस्यहरु शर्मिला अधिकारी र प्रभा आचार्य ढकाल गरी ११ सदस्यीय समिति निर्वाचित गरेको कार्यसमिति अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

सभामा भद्रपुर साइकल समाज तदर्थ समितिले गरेका कार्यहरुको प्रशंसा गरिएको थियो भने मेची-महाकाली साइकल राइडरहरु मनोज सिंह र श्वेता श्रेष्ठको साइक्लिङमा  बिशेष योगदानको चर्चा गर्दै उहाँहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि ढकाल,वडाध्यक्षज्यूहरु बन्धु कार्की,गौरब सुब्बा,अभिसेक ढुंगाना,महिला राइडर तथा लायन्स प्रतिनिधि शर्मिला अधिकारीले मन्तव्य राख्नु भएको थियो।

साधारण सभामा भद्रपुरमा वडा नं. ५ र भद्रपुर नगरपालिकाको सहयोग तथा भद्रपुर साइकल समाजको ब्यबस्थापनमा “ प्रथम भद्रपुर साइक्लोथोन-२०८२” आयोजना गरिने जनाइएको छ ।
    कोषाध्यक्ष देवीबहादुर श्रेष्ठले आय-ब्यय प्रतिवेदन र तथा संस्था स्थापनादेखि गरिएका र भएका कार्यक्रमहरु समेटिएको संस्थागत प्रतिवेदन सचिव प्रबेश न्यौपानेले प्रस्तुत गरेको साधारण सभामा स्वागत मन्तव्य उपाध्यक्ष जितेन्द्रकुमार शर्माले र संचालन सचिव प्रबेश न्यौपानेले गर्नु भएको थियो।

2 thoughts on “श्रेष्ठ भद्रपुर साइकल समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित”
  1. I do agree with all the ideas you’ve presented in your post. They’re very convincing and will definitely work. Still, the posts are too short for novices. Could you please extend them a bit from next time? Thanks for the post.

Leave a Reply

Your email address will not be published. Required fields are marked *