पुस्तक परिचय
✍ चूडामणि वशिष्ठ
नेपाली मुक्तक साहित्यको क्षितिजमा नयाँ स्वर ल्याउने उद्देश्य बोकेको विनोद न्यौपानेको ‘श्रद्धा’ मुक्तक–संग्रह २०८१ सालमा समकालीन साहित्य प्रतिष्ठान–बेलायतबाट प्रकाशित भएको हो। ११२ पृष्ठमा फैलिएको यस कृतिमा कुल १७० मुक्तक समावेश छन्; जुन ‘जीवन–जगत’, ‘प्रेम’, ‘राजनीति’ र ‘बालसुलभ’ शीर्षक गरी चार विभागमा विभाजित छन्।
जीवनका गहिरा गल्छेडा
‘जीवन–जगत’ शीर्षक अन्तर्गत रहेका १०९ मुक्तकहरूमा मानवीय पीडा, संघर्ष, आशा र जिजीविषाको समष्टि भेटिन्छ। कविले नेपाली समाजको यथार्थ धरातलमा उभिएर जीवनको क्षणभंगुरता, स्वाभिमान र आत्मनिर्भरता जस्ता मूल्यहरू सशक्त रूपमा उभ्याएका छन्। कवितामा उड्ने मनसँग विवेकलाई उड्न नदिने आग्रह छ भने, व्यवहारले मात्र विश्वास जित्न सकिने कटाक्ष पनि सुनिन्छ।
प्रेम: संयोग र वियोगको समग्र चित्रण
‘प्रेम’ शीर्षक अन्तर्गत रहेका १४ मुक्तकहरूमा कविले प्रेमलाई जीवनको आधारशिला ठहर गरेका छन्। प्रेमरहित जीवनलाई ‘न्यास्रो, फुस्रो र निरस’ भन्दै प्रेमका विविध पक्षहरूको सौन्दर्यपूर्ण प्रस्तुति गरिएको छ। संयोगात्मक अनुभूति र वियोगात्मक संवेदनाहरू समेटेर कविले प्रेमलाई जीवन दर्शनका रूपमा उभ्याउने प्रयास गरेका छन्।
राजनीतिक व्यङ्ग्यको धारिलो स्वर
४० मुक्तक समाविष्ट ‘राजनीति’ शीर्षकमा कविले नेपालको समकालीन राजनीति, चरम भ्रष्टाचार, सेटिङ संस्कृतिको विकृति, दलगत स्वार्थ, गठबन्धनको खिचातानी र कर्मचारीतन्त्रको भोलिवादप्रति तीखो व्यङ्ग्य गरेका छन्। बिकाउ चरित्र बोकेका बुढा नेताहरूले नयाँ पुस्तामा पनि विकृति छरपष्ट गरेको यथार्थ प्रस्तुत गर्दै कविले चेतनाको आँधी आवश्यक रहेको उल्लेख गरेका छन्।
निर्मल बाल मनको प्रस्तुति
‘बालसुलभ’ शीर्षकमा समेटिएका ७ मुक्तकहरू बालकको सरल, निर्दोष र सृजनात्मक मनोविज्ञानमाथि आधारित छन्। बाल्यकालको लोभलाग्दो अवस्थालाई पुनः भोग्न लालायित हुने भावहरू यसमा अभिव्यक्त छन्। वात्सल्य र ममतामिश्रित मुक्तकहरूले पाठकको मन छुने गर्छन्।
शैली र समष्टिमा मूल्याङ्कन
मुक्तकहरू सरल भाषामा लेखिएका छन्, तर विचार गहन छन्। झर्रा शब्द, उखान–टुक्का, अलंकार र उक्तिवैचित्र्यको प्रयोगले कवितालाई ओजस्वी बनाएको छ। शीर्षकविहीन मुक्तकहरूलाई पंक्तिगत स्वादमा पढ्न सकिए पनि शीर्षक दिइएको भए त्यसले भाव र विषयवस्तुलाई अझ केन्द्रित बनाउने थियो।
‘श्रद्धा’ कवि विनोद न्यौपानेको ११औं कृति हो। समर्पणस्वरूप वासुशशी शर्माको नाम समेटिएको यस संग्रहमा समसामयिक चेतनाको मिश्रण, सामाजिक अनुभूति र साहित्यिक लालित्य एकसाथ प्रस्तुत भएका छन्। कविको कलमले थोरैमा धेरै भन्न सक्ने क्षमता प्रस्तुत गरेको छ। यही कारणले, ‘श्रद्धा’ मुक्तक साहित्यमा महत्वपूर्ण योगदान दिइरहेको छ भन्न सकिन्छ।[लेखक वशिष्ठ साहित्यिक समीक्षक हुन् ]
E-ticaret Scripti
Tur Scripti
Mersin Kiralık Daire
[…] rybelsus cost […]
[…] clomid prices […]
Hey there! I know this is somewhat off topic but I was wondering if you knew where I
could find a captcha plugin for my comment form?
I’m using the same blog platform as yours and I’m having difficulty finding one?
Thanks a lot!
[…] generic cialis cost […]
[…] best cialis online […]
[…] 100 mg sildenafil price […]
[…] sildenafil oral jelly 100mg kamagra […]
[…] ginseng for muscle growth in men […]