• Fri. Oct 18th, 2024

शनिश्चरे फुटबल क्लब निर्मल वान्तवा मेमोरियलको फाइनलमा

BySaptahik Samachar

१३ माघ २०७९, शुक्रबार ०५:१५ १३ माघ २०७९, शुक्रबार ०५:१५ १३ माघ २०७९, शुक्रबार ०५:१५
भद्रपुर १२,माघ / शनिश्चरे फुटबल क्लब शनिश्चरे निर्मल बान्तवा मेमोरियल फुटवल प्रतियोगिताको फाइनलमा पुगेको छ।कलवलगुरी समाजको आयोजनामा भद्रपुर-१०स्थित कलवलगुरी प्राथमिक विद्यालयको खेल मैदानमा हिजो भएको दोस्रो सेमिफाइनलमा काँकडभिट्टा ट्रेनिङ सेन्टरको २ गोल विरूध्द ६ गोल गर्दै शनिश्चरेले फाइनल यात्रा तय गरेको हो।
माघ ७ गतेदेखि जारी प्रतियोगिताको हिजो भएको खेलमा काँकडभिट्टाका सौरभ लिम्बू मेन अफ दि म्याच घोषित भए।
प्रतियोगिताको फाइनल खेल के के एफ सी र शनिश्चरे फुटबल क्लब शनिश्चरे वीच हुने आयोजक समितिका सचिव सरोज काफ्लेले जानकारी दिनुभयो। उपाधि विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद राशि सहित शील्ड,ट्रफी र प्रमाण पत्र पाउने छन्।
2 thoughts on “शनिश्चरे फुटबल क्लब निर्मल वान्तवा मेमोरियलको फाइनलमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *