• Thu. Oct 2nd, 2025

वीरेन्द्र एलुम्नाई एसोसिएसनको शुभकामना आदानप्रदान कार्यक्रम

BySaptahik Samachar

१५ आश्विन २०८२, बुधबार १९:१२ १५ आश्विन २०८२, बुधबार १९:१२ १५ आश्विन २०८२, बुधबार १९:१२

३ जना छात्र छात्रा पुरस्कृत

भद्रपुर १५ असोज / वीरेन्द्र एलुम्नाई एसोसिएसन काठमाडौंले वीरेन्द्र माध्यमिक विद्यालयवाट उच्च अंकका साथ एसईई-२०८१ उत्तीर्ण गर्ने ३ जना छात्र छात्रालाई पुरस्कृत गरेको छ।

वडाद‌शै, तिहार नेपाल सम्वत् तथा छैट पर्व २०८२ को अवसरमा आज महानवमीको दिन आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा छात्रा तर्फ अंशु प्रसाई र  मेहरता चापागाई तथा छात्रतर्फ दीप मोतेलाई नगद सहित पुरस्कार प्रदान गरिएको हो।
छात्र मोतेले see मा ४ जिपिए.तथा प्रसाईं र चापागाईले ३.९२ जिपिए ल्याएका थिए।
पुरस्कृत छात्र छात्रा प्रत्येकलाई नगद रु. १० हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा वीरेन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु सन्तोष कोइराला, कुमार राजभण्डारी र प्रभु आचार्यलाई आभार-पत्र प्रदान गरिएको थियो । उहाँहरुले पुरस्कृत छात्र-छात्रालाई  एसोसिएशन मार्फत नगद सह‌योग गर्नुभएको जनाइएको छ।

वीरेन्द्र माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाज एलुम्नाई एसोसिएशनका अध्यक्ष कैलाश नेउपानेको अध्यक्षतामा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा, वीरेन्द्र माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा प्राज्ञ हरि पौडेल, सोही विद्यालयका प्रधान अध्यापक खिलराज कोइराला, सञ्चारकर्मी गोपाल गिरीलगायत २०३१ सालको SLC व्याचदेखिका १/१ जना पूर्व विद्यार्थीहरुले  प्रतिनिधिगत रूपमा शुभकामना व्यक्त गरेका थिए।

एलुम्नाई एसोसिएशनका महासचिव प्रज्ज्वल कोइरालाले स्वागत सहित कार्यक्रमको औचित्य र संस्थाको गतिविधि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संस्थाका स्थानीय समिति सचिव राजन नेउपानेले गर्नुभएको थियो भने इश्वरी पोखरेलले दुर्गा स्तोत्र पाठ गर्नुभएको थियो।

2 thoughts on “वीरेन्द्र एलुम्नाई एसोसिएसनको शुभकामना आदानप्रदान कार्यक्रम”
  1. Someone essentially lend a hand to make seriously posts I’d state.
    That is the very first time I frequented your web page and thus far?
    I amazed with the research you made to create this particular
    put up incredible. Fantastic activity!

Leave a Reply

Your email address will not be published. Required fields are marked *