• Sun. Sep 8th, 2024

वरूण साप्ताहिक १५ वर्षमा प्रवेश

BySaptahik Samachar

७ श्रावण २०७८, बिहीबार १२:०५ ७ श्रावण २०७८, बिहीबार १२:०५ ७ श्रावण २०७८, बिहीबार १२:०५


भद्रपुर ७,साउन। साप्ताहिक समाचारदाता /झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।
२०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको सम्पादनमा प्रकाशन शुरु गरिएको साप्ताहिक वरुण आज विहीवारबाट १५औं वर्षमा प्रवेश गरेको हो ।
२०३५ सालमा स्व. माया देवान सम्पादक/प्रकाशक तथा साहित्यकार हिरा आकाश कार्यकारी सम्पादक रहेर प्रकाशन सुरु गरिएको वरुण राजकाज मुद्दा लागेपछि केही वर्ष बन्द भएको थियो ।
२०४७ सालमा अग्रज पत्रकार नकुल काजीले पुनः प्रकाशन गर्नुभएको साप्ताहिक वरुण विवेचना दैनिक सुरु गरेपछि पत्रकार माया पकुवाललाई स्वामित्व हस्तान्तरण गर्नु भएको थियो ।
हाल पकुवालको प्रकाशकत्व/सम्पादकत्वमा खबर पत्रिका साप्ताहिक वरुणले निरन्तरता पाइरहेको छ ।

272 thoughts on “वरूण साप्ताहिक १५ वर्षमा प्रवेश”

Leave a Reply

Your email address will not be published. Required fields are marked *