• Fri. Oct 17th, 2025

लेखापढी व्यवसायी संघले मनायो ३५औं स्थापना दिवस

BySaptahik Samachar

१० आश्विन २०८२, शुक्रबार १७:४१ १० आश्विन २०८२, शुक्रबार १७:४१ १० आश्विन २०८२, शुक्रबार १७:४१

अपाङ्ग संघलाई सिसी क्यामेरा, अपाङ्गता भएकालाई फलफुल र खानाको व्यवस्था

भद्रपुर १० , असोज / नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन इकाई समिति भद्रपुर झापाले अपाङ्गता पुनर्स्थापना केन्द्र भद्रपुरलाई सीसी क्यामेरा जडान गरिदिएको छ । एसोसिएशनले आफ्नो ३५ औं स्थापना दिवसको सन्दर्भमा नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखाद्वारा सञ्चालित अपाङ्गता पुनर्स्थापना केन्द्रलाई प्रविधि मैत्री सेवा पुर्याउने अभिप्रायले  ४ वटा सीसी क्यामेरा र त्यस्को दृश्यावलोकन गर्न स्मार्ट एन्ड्रोएड टीभी सेट (डिस्प्ले बोर्ड) जडान गरिदिएको हो ।

भद्रपुर नगर पालिका वडा नं ४‌ मा अवस्थित सहाराविहीन अपाङ्गताहरुका लागि स्थापित पुनर्स्थापना सेवा केन्द्रमा अपाङ्गता भएका १४ जना व्यक्तिहरुले हाल सेवा पाइरहेका छन् ।
    एसोसिएशनले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा सामाजिक दायित्व अन्तरर्गत पुनर्स्थापना केन्द्र‌मा सीसी क्यामेरा सहित त्यहाँका आश्रित अपाङ्गता भएकाहरुलाई एक छाक खानाका साथै फलफूल, जुस लगायत सामग्री उपलब्ध गराएर मनाएको इकाइ समिति अध्यक्ष लावण्य पोखरेलले जानकारी दिनुभयो।
    पोखरेलकै अध्यक्षतामा आज भएको कार्यक्रममा, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएन समन्वय समिति झापाका अध्यक्ष महेन्द्र खतिवडा तथा अपाङ्ग संघ झापाका उपसभापति पवन श्रेष्ठले मन्तव्य राख्नु भएको थियो ।

एसोसिएशनका सचिव मुरारी न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा अपाङ्ग संघका तर्फवाट दाता संस्थालाई सम्मान-पत्रसहित एसोसिएशनवाट उपस्थित सम्पूर्ण पदाधिकारीलाई खादा लगाएर सम्मान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन भने अपाङ्ग संघका सदस्य तोया गड्‌तौलाले गर्नु भएको थियो।

23 thoughts on “लेखापढी व्यवसायी संघले मनायो ३५औं स्थापना दिवस”
  1. I’ve been exploring for a bit for any high-quality articles or blog posts on this kind of area . Exploring in Yahoo I at last stumbled upon this site. Reading this info So i am happy to convey that I have a very good uncanny feeling I discovered just what I needed. I most certainly will make sure to don’t forget this website and give it a look regularly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *