भद्रपुर २३, पुस / नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको सभापतिमा दुईजनाको उम्मेदवारी परेको छ ।
आगामी दुई वर्षका लागि हुने निर्वाचनमा सभापति पदका लागि केदार महत र योगेन्द्र पौडेलको उम्मेदवारी परेको हो । महिलाका लागि आरक्षित उपसभापतिमा एक जनाको मात्र उम्मेदवारी पर्दा कौशिल्या अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यसैगरी,उपकोषाध्यक्ष र महिला सदस्यमा पनि एक एकवटा मात्र उम्मेदवारी परेकाले देवेन्द्र पोखरेल उपकोषाध्यक्ष र अनिता अधिकारी महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सचिवमा रमेश भण्डारी र गणेश गिरी, कोषाध्यक्षमा माधवप्रसाद घिमिरे र दिनेशकुमार पोखरेल र उपसचिवमा ३ जना सरोज कोइराला, तोर्णविक्रम कार्की र प्रमिला कोइरालाको उम्मेदवारी परेको छ ।
त्यसैगरी ४ वटा खुला सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ।सदस्यमा अम्बर भण्डारी, विकास कोइराला,निर्मलकुमार प्याकुरेल,मित्रप्रसाद अधिकारी,पंकज कार्की, मो.जाहिर रहमान,सुरज रेग्मी, नेत्रप्रसाद पौडेल, प्रकाश कार्की,नेत्रप्रसाद पोखरेल, रमलादेबी बराल अधिकारी र हेमकुमार घिमिरेको उम्मेदवारी परेको छ।