नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनुभएको छ ।लिङ्देन पक्षबाट उठेकी नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित हुनुभएको छ। घोषित मत परिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदा रेखाले १६४० भोट ल्याएर पराजित हुनुभएको हो।
भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ। दुवै प्यानलमा समेटिनु भएका उहाँले २५२१ भोट ल्याउनु भयो । त्यसैगरी कमल थापा प्यानलबाट उठ्नुभएका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी हुनुभएको छ भने सोही प्यानलबाट ध्रुवबहादुर प्रधानले १८१४ भोट ल्याएर विजयी हुनुभएको छ। उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी हुनुभएको छ।